सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकबारे संसद्लाई जानकारी


  •    /५ भाद्र २०७६, बिहीबार १८:१९ 
  • काठमाडौँ  । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय आयोगका बैठकमा ऊर्जा, जलस्रोत, अपराध नियन्त्रण, सम्पर्क सञ्जाल र दुई देशको सीमा सुरक्षाका बारेमा छलफल भएको जानकारी दिनुभएको छ ।    
        
     बुधबार सम्पन्न नेपाल–भारत संयुक्त आयोगको बैठकबारे सदनलाई जानकारी दिनुहुँदै डुबानको समस्या, गौतमबुद्ध र निजगढ विमानस्थल र सीमास्तम्भ, सुस्ता र कालापानीको समस्या, पञ्चेश्वर परियोजना, व्यापार घाटा, परिमाणत्मक भन्सार महशुल दरका बारेमा छलफल भएको बताउनुभयो ।    
        
     प्रतिनिधिसभाको आजको बैठकमा सभामुखसँग विशेष समय माग गर्दै उहाँले जनकपुर जयनगर रेल्वे, खाद्य तथा गुण नियन्त्रण, भूकम्प पुनःनिर्माण, हुलाकी राजमार्ग एवं दुई पक्ष साझा हितका विषयमा गहन छलफल भएको सदनलाई जानकारी दिनुभयो ।    
        
     परराष्ट्र मन्त्रिस्तरीय दुई देशबीचको संयुक्त आयोगको बैठकमा नेपालको तर्फबाट परराष्ट्रमन्त्रीको नेतृत्वमा ३५ सदस्यीय प्रतिनिधिममण्डल र भारतको तर्फबाट भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशङ्करको सहभागिता रहेको मन्त्री ज्ञवालीले बताउनुभयो ।    
        
     मन्त्री ज्ञवालीले पूरक प्रश्नको जवाफ दिँदै काश्मिरमा करीब ९० हजार नेपाली कार्यरत रहेकाले सो विषयमा कुराकानी नभएको जानकारी दिनुभयो । सदनमा पूरक प्रश्न डा मीनेन्द्र रिजाल, सत्यनारायण शर्मा खनाल र प्रेम सुवालले गर्नुभएको थियो । नेपाल भारत परराष्ट्रमन्त्री स्तरीय बैठक भदौ ३ र ४ गते काठमाडौँमा आयोजना भएको थियो ।    

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    रवि र छविको निवेदन उच्च अदालतको ‘हेर्दाहेर्दै’मा, आइतबारलाई अर्को पेसी
    वीरगञ्ज भन्सारद्वारा १० महिनामा एक खर्ब ४० अर्ब राजस्व सङ्कलन
    गर्मीले चिनिने चितवनमा इच्छाकामनाका शितल पर्यटकीय गन्तव्यहरु 
    • मुस्ताङमा सार्वजनिक जग्गामा स्याउखेती
    • भरतपुर वडा नम्बर २४ बालमैत्री वडा घोषणा
    • सामुदायिक विद्यालय चन्दाबाट पूर्ण आवासीय
    • श्रीमान्-श्रीमतीले गरे कामदारको हत्या

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.