राष्ट्रिय

सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्धको रिट: सर्वोच्च अदालतले अन्तरिम आदेश दिन मानेन
-न्युजभित्तो

काठमाडौँ । सर्वोच्च अदालतले कोरोना भाइरसको सम्भावित संक्रमण रोक्न सीमानाका बन्द गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । न्यायाधीश डम्बरबहादुर शाहीको एकल इजलासले आज सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो...

टोलटोलमा अत्यावश्यक वस्तु पुर्याउने तयारीमा छौँ : आपूर्तिमन्त्री भट्ट
-न्युजभित्तो

रमेश लम्साल र अशोक घिमिरे काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन सरकारले साताव्यापी ‘लकडाउन’ गरेको छ । लकडाउनको आज दोस्रो दिन । नागरिकको दैनिक उपभोग्य वस्तुको आपूर्तिलाई सहज बनाउन सरकार प्रयत्नशील छ ।          सरकारले आफ्ना निकाय तथा सुरक्षाकर्मीको सहयोगमा...

नेपालमा तेस्रो व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको पुष्टि, सङ्क्रमित हुने ३० वर्षका पुरुष
-न्युजभित्तो

काठमाडौँ । नेपालमा तेस्रो व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले यसको पुष्टि गरेको छ । यसअघि दुई जनामा सङ्क्रमण भएको पुष्टि भएको थियो। योसहित नेपालमा भेटिएका तीन जना कोरोना भाइरस सङ्क्रमित मध्ये एक जना उपचारपछि...

काठमाडौँमा आदेश उल्लङ्घन गर्ने तीन सय सवारीसाधन प्रहरी नियन्त्रणमा
-न्युजभित्तो

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले लागू गरेको लकडाउनको आदेश उल्लङ्घन गर्ने तीन सय भन्दा बढी सवारीसाधनलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट गाडी नियन्त्रणमा लिएको...

सीमामा अड्किएका नेपालीलाई स्वदेश भित्रने अन्तिम मौका, क्वारेन्टाइन अनिवार्य
-न्युजभित्तो

नारायण ढुङ्गाना काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भित्रिन नदिन सरकारले अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेपछि दक्षिणी सीमा क्षेत्रमा अड्किएका नेपालीलाई मुलुक प्रवेश गर्न आज एक दिनको समय दिइएको छ । तर, उनीहरु १४ दिन अनिवार्य रुपमा...

कोरोनाभाइरस सङ्क्रमित युवतीसँगै दोहाबाट यात्रा गर्ने १२५को पहिचान, सबैको स्वास्थ्य जाँच गरिने
-न्युजभित्तो

काठमाडौँ । नेपाल प्रहरीले कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएकी नेपाली युवतीसँगै कतार एअरवेजको विमानमा दोहाबाट नेपाल यात्रा गर्ने अन्य १२५ जना नेपालीको ठेगाना पत्ता लागेको बताएको छ। प्रहरीले देशका विभिन्न भागमा रहेका उनीहरूलाई स्वास्थ्य जाँच र क्वारन्टीनजस्ता थप सतर्कता अपनाउन आफूले...

लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान, उल्लङ्घन गरे छ महिनासम्म कैद
-न्युजभित्तो

काठमाडौँ । विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बन्दै गएको छ । कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को सङ्क्रमण थप नबढोस्...

आजदेखि नेपाल ‘लकडाउन’, अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन नपाइने
-न्युजभित्तो

काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि सरकारले आजदेखि अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ । कोरोना संक्रमणसम्बन्धी उच्चस्तरीय समितिको सोमबार बसेको बैठकले आज बिहान ६ बजेबाट एक सातासम्मका लागि घरबाट बाहिर निस्कन रोक लगाएको हो । सरकारका प्रवक्तासमेत...

मङ्गलबारदेखि नेपाल ‘लकडाउन’, सरकारको आदेश: अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कनु
-न्युजभित्तो

काठमाडौँ । नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावना औँल्याउँदै सरकारले मङ्गलबार बिहान ६ बजेदेखि यही चैत १८ गते बिहान ६ बजेसम्म लागू हुने गरी अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन आदेश जारी गरेको छ । मन्त्रिपरिषद्को आइतबारको बैठकले सङ्क्रामक रोग...

कोभिड–१९को नमूना परीक्षणको दायरा बढाइयो
-न्युजभित्तो

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड १९–को नमूना परीक्षणको दायरा बढाएको छ । आज आयोजित पत्रकारसम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले कोभिड–१९ को नमूना परीक्षणको सर्भिलेन्सको दायरा बढाइएको बताउनुभयो । उहाँले विदेशबाट फर्किएका व्यक्ति र उनीहरुसँग नजिकैको सम्पर्कमा...