सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा दुई अर्ब एघार करोड सङ्कलन


  •    न्युजभित्तो/१० बैशाख २०७७, बुधबार १२:२८ 
  • काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार दुई सय ७५ रुपैयाँ सङ्कलन भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार हिजो मङ्गलबार मात्र कोषमा एक करोड ३५ लाख तीन हजार चार सय २० रुपैयाँ जम्मा भएको छ ।

    मङ्गलबार एभरेष्ट बैंकले ६० लाख, राष्ट्रिय योजना आयोगबाट चार लाख ६६ हजार दुई सय ३०, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रहरी कर्मचारीको तर्फबाट तीन लाख ९२ हजार नौ सय १३, भेरी प्राविधिक शिक्षालयबाट दुई लाख ९४ हजार आठ सय ५५, न्याय हेल्प नेपालबाट दुई लाख ७१ हजार २० रुपैयाँ तथा नाम नामेसी नखुलेका तथा एक लाख रुपैयाँ भन्दा कम सहयोग गर्ने विभिन्न व्यक्ति र संस्थाबाट ४५ लाख ५८ हजार ५९ रुपैयाँ सङ्कलन भएको छ ।

    सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सहयोग पुर्याउन कोष स्थापना गरेको हो । कोषमा सङ्कलन भएको रकम कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि सरकारले खर्च गर्ने छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    क्रिकेट रङ्गशालाको काम ६० प्रतिशत सकियो
    ‘खराब’ एनिमेसनले चीनमा तहल्का
    बागमती प्रदेशको मुख्यमन्त्रीमा किरण थापा नियुक्त
    • ‘भ्रष्टाचार नियन्त्रणलाई कारबाहीमा मात्रै सीमित राख्नु हुँदैन’
    • ‘कर्णालीको समृद्धिका लागि साझा प्रतिबद्धता आवश्यक छ’
    • इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी
    • विभिन्न जिल्लाबाट लागुऔषधसहित १५ जना पक्राउ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.