काठमाडौँ । ‘केही कूटनीतिक सामग्री बोकेर नेपाल आएको’ अमेरिकाको जर्नी एभिएसनको कार्गो जहाज स्वदेश फर्किएको छ । कूटनीतिक सामग्री ल्याइएको भनिएको उक्त जहाजले करिब ४० किलो सामान ल्याएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । कूटनीतिक भनिएका ती कस्ता सामग्री हुन् भन्ने खुलेको छैन ।
अमेरिकी जहाज आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरी सामान झारेर आजै अमेरिका फर्किएको हो । विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले ‘कूटनीतिक सामग्री बोकेर आएको अमेरिकी वायु सेवा कम्पनी जर्नी एभिएसनको जहाज स्वदेश फर्किएको’ बताउनुभयो । अमेरिकाबाट सामग्री लिएर आएको सो जहाज काठमाडौँबाट भने रित्तै फर्किएको छ ।
कुटनीतिक सामग्री भनिएको सो सामग्री के थियो भन्ने खुल्न सकेको छैन । आखिर के थियो त त्यो सामान ? सबैको चासोको विषय बनेको छ ।

तस्विर : जर्नी एभिएसनको फेसबुक पेजबाट ।