सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उदयपुरमा थप एक जनामा कोरोना सङ्क्रमण, नेपालमा सङ्क्रमितको संख्या ३२ पुग्यो


  •    न्युजभित्तो/९ बैशाख २०७७, मंगलवार १७:४३ 
  • काठमाडौँ । उदयपुरमा आज थप एक जना पुरुषमा कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण देखिएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ ।

    राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमामा गरिएको परीक्षणमा उदयपुरका ३३ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले जानकारी दिनुभएको हो । सङ्क्रमित मध्ये चार जना उपचारपछि निको भएर घर फर्किइसकेका छन् भने २८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    उदयपुरकै अन्य व्यक्तिहरुको पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, कोशी प्रादेशिक अस्पतालको प्रयोगशाला र धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण भइरहेको प्रवक्ता देवकोटाले बताउनुभएको छ । उहाँका अनुसार उदयपुरमा थप एक सय जनाको पीसीआर विधिबाट परीक्षण गर्ने गरी नमूना सङ्कलन गरिएको छ । ती नमूनाहरु हाल परीक्षणका क्रममा रहेका छन् ।

    डा. देवकोटाका अनुसार आरडीटी विधिबाट हुने परीक्षण देशभरका सबै जिल्लामा शुरु भएको छ । आरडीटी विधिबाट गरिने परीक्षणका क्रममा व्यक्तिमा कोरोना सङ्क्रमण भएको सङ्केत दिने एन्टिबडी पोजेटिभ देखिएमा पीसीआर विधिबाट पुनः परीक्षण गरिने पनि उहाँले बताउनुभएको छ ।

    डा. देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा ३ सय ३३ वटा थ्रोड स्वाबको नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ । उहाँका अनुसार पीसीआर विधिबाट हालसम्म आठ हजार सात सय ६३ जनाको नमूना परीक्षण गरिएको छ । र्यापिट डाइग्रोस्टिक टेस्ट (आरडीटी) विधिबाट हालसम्म २७ हजार नौ सय ५६ वटा नमूना परीक्षण गरिएको तथा गत २४ घण्टामा मात्र दुई हजार आठ सय आठ जनाको नमूना आरडीटीबाट परीक्षण गरिएको पनि स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी दिनुभएको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    साना तथा मझौला व्यवसायी अर्थतन्त्रका मेरुदण्ड हुन्ः अध्यक्ष दाहाल
    छेकम्पारवासी यार्सागुम्बा सङ्कलन गर्न लेकतिर
    वर्षाले जलेश्वर जलमग्न
    • पुल बगाउँदा भोजपुर–चखेवा सडक बन्द
    • कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक सोमबार
    • शिक्षा क्षेत्र दलीय राजनीतिमुक्त बनाउन शिक्षामन्त्रीको पहल
    • बाँकेका १२ सामुदायिक वनमा डढेलो

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.