राजनीति
गोदावरी, ३१ जेठ । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट असार १ गते ल्याउने भएको छ । प्रदेश सरकारले आगामी आवका लागि ल्याउने बजेट रु २९ अर्बको हाराहारीमा हुने आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ...
काठमाडौं, ३१ जेठ । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ । उनीहरुले सोमबार गृहमन्त्री खगराज अधिकारीलाई भेटी वैद्ययको अभिव्यक्तिप्रति...
काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिले आज थप ३३ जिल्लाका ६५ स्थानको क्रियाशील सदस्यता नामावली पार्टीको वेबसाइट www.nepalicongress.org मार्फत सार्वजनिक गरेको छ । समितिको यही जेठ २९ गतेको निर्णयअनुसार आवश्यक प्रक्रिया पूरा गरेका क्रियाशील सदस्यताका...
गण्डकी, ३१ जेठ । गण्डकी प्रदेशका मन्त्री एवं सरकारका प्रवक्ता कुमार खड्काले सरकारले पूर्वमुख्यमन्त्रीहरूको सुविधा थपेर खर्च बढाउन नभई कानून बनाएर व्यवस्थित गर्न खोजेको स्पष्ट पार्नुभएको छ । मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएपछि आइतबार बसेको मन्त्रिपरिषद्को पहिलो...
मकवानपुर, ३० जेठ । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुङ्गेलले आगामी असार १ गते अपराह्न ३ः०० बजे बस्ने प्रदेशसभाको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८-७९ को बजेट सार्वजनिक गर्ने तय भएको छ । मन्त्री ढुङ्गेलले आज रासससँग...
काठमाडौँ, ३० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको पहिलो तरल अक्सिजन प्लान्टको भर्चुअल माध्यमबाट शिलान्यास गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारबाटै आज रुपन्देहीको सिमरहवामा स्थापना गरिएको प्लान्टको शिलान्यास गर्नुभएको हो । शिलान्यास गर्दै उहाँले कोभिड –१९ महामारीको दोस्रो लहर...
बुटवल,३० जेठ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभाको बहुमत सदस्यको समर्थन आफू नेतृत्वको सरकारलाई रहेको दाबी गरेका छन् । विपक्षी दलहरुले मुख्यमन्त्रीले बहुमत गुमाएको भनी सिद्ध गर्न चुनौती दिइरहेका बेला आइतबार प्रदेशसभा बैठकमा बोल्दै उनले सरकारको पक्षमा नेकपा एमालेका...
गण्डकी, ३० जेठ । गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू नेतृत्वको सरकारले प्रदेशमा समृद्धिका कार्यक्रम शुरु गरेको बताउनुभएको छ । मुख्यमन्त्रीको सरकारी निवासमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रदेशका जनताका भावना, आकाङ्क्षा र विश्वासको कदर गरेर नै यो प्रदेशलाई...
काठमाडौँ, ३० जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ । शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ...
काठमाडौँ,३० जेठ । जसपाका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले राजीव गुरूंग ( दीपक मनांगे) अहिले गण्डकी प्रदेशको मन्त्री बनेपछि र यसक्रममा मसंग पनि भेटेपछि मिडियामा विभिन्न टीकाटिप्पणी भएको बताएका छन् । पुर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले यसलाई अन्यथा मान्नु नहुने...












