सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

गण्डकीमा नयाँ सरकारको पहिलो निर्णय : पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराइने


  •    न्युजभित्तो/३० जेष्ठ २०७८, आईतवार १४:३९ 
  • काठमाडौँ, ३० जेठ । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले डाकेको पहिलो मन्त्रिपरिषदको बैठकले विभिन्न निर्णय गरेको छ ।

    शनिबार साँझमात्र मुख्यमन्त्रीमा नियुक्त भएपछि आइतबार विहान बोलाइएको मन्त्रिपरिषदको पहिलो बैठकले पूर्व मुख्यमन्त्रीहरूलाई सेवा सुविधा उपलब्ध गराउने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद बैठकले संघको सुविधा समेत हरेर पूर्व मुख्यमन्त्रीको सुविधा तोक्ने भएको छ । त्यसैगरी सरकारको प्रवक्तामा विनाविभागीय मन्त्री कुमार खड्कालाई जिम्मेवारी तोकिएको छ । ‘के कस्तो सुविद्या दिने भन्ने अहिले नै निर्णय भएको छैन ।

    तर उहाँहरुको पदीय जिम्मेवारी अनुसारको उचित सम्मान हुनेगरी व्यवस्था गर्नुपर्छ’, प्रवक्ता कुमार खड्काले भने, ‘त्यसका लागि अब, हामीले एउटा कार्यविधि बनाएर सेवा सुबिधा तोक्ने तयारी गर्ने छौं ।’

    प्रवक्ता खड्काले सरकारले छिट्टै नै विश्वासको मत लिने तयारी थालेको बताए । विश्वासको मत नलिइकन सरकारले महत्वपूर्ण कार्यहरु गर्दा प्रश्न समेत उठ्ने भएकाले सरकारले छिट्टै विश्वासको मत लिने उनले बताए । प्रवक्ता खड्काले निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र अर्थमन्त्रीको जिम्मेवारी सम्हाल्दै आएका अर्थमन्त्रीको सल्लाहमा बजेट ल्याउने उनले बताए ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रसूति बिदा आमालाई छ महिना, बुबालाई ४२ दिन दिने प्रस्तावसहितको विधेयक
    अपहरणमा परेको १२ दिनपछि १५ महिने बच्चाको सकुशल उद्धार
    जलवायु परिवर्तनको असर न्यूनीकरण तथा व्यवस्थापनका लागि विश्वसमुदायलाई आह्वान गरिने छ: प्रधानमन्त्री शाह
    • व्यवसाय, समाजसेवा सँगसँगै राजनीतिमा सक्रिय ढकाल
    • ठूला ढुङ्गा पन्छाएर तुइलखोलाको पहिरोमा ‘नेलिङ’ गरिँदै
    • सुदूरपश्चिममा जडीबुटीः न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
    • समस्यामा मात्रै सम्झिने कान्ति लोकपथ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.