राजनीति

संसदमा देउवाले मागे विश्वासको मत
-न्युजभित्तो

काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड १९ को नियन्त्रण सरकारको पहिलो प्राथमिकता रहेको बताउनुभएको छ । ‘दिनहुँ संक्रमण बढिरहेको छ । दैनिक रुपले मानिसहरु मरिरहेका छन् । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ संसद्मा विश्वासको मत माग्दै उहाँले भन्नुभयो...

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक
-न्युजभित्तो

काठमाडौं ३ साउन । संवैधानिक इजलासको परमादेश बमोजिम पुनर्स्थापित प्रतिनिधिसभाको पहिलो बैठक सुरु भएको छ । संवैधानिक इजलासले असार २८ गते प्रतिनिधिसभा पुनर्स्थापना हुने फैसला गर्दै सात दिनभित्र प्रतिनिधिसभाको अधिवेशन बोलाउन आदेश दिएको थियो । सोही बमोजिम मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति...

भीम रावलले दिए सांसद पदबाट राजीनामा
-न्युजभित्तो

काठमाडौं ३ साउन । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएका छन्। २०७४ सालको प्रतिनिधि सभामा अछामबाट प्रत्यक्ष निर्वाचित भएका रावलले अनैतिक राजनीतिक खेलमा सहभागी नहुने भएकाले राजीनामा दिएको बताएका छन्। म यो अनैतिक राजनीतिको खेलबाट अलग हुनलाई...

राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज
-न्युजभित्तो

काठमाडौं ३ साउन । राष्ट्रपति विद्यादेवि भण्डारीले केपी ओली नेतृत्वको सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेकी छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेज गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी...

काँग्रेस संसदीय दलको बैठक : विश्वासको मत दिने सबैलाई धन्यवाद दिने निर्णय
-न्युजभित्तो

काठमाडौं ३ साउन । संघीय संसद नयाँ बानेश्वरमा बसेको नेपाली काँग्रेसको संसदीय दलको बैठक सकिएको छ । बैठकले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । बैठकले विश्वासको मत दिने नेकपा माओवादी केन्द्र, नेकपा एमालेका सांसदहरू,...

उच्च अदालत तुलसीपुरमा ५९ प्रतिशत मुद्दा फछ्र्योट
-न्युजभित्तो

दाङ, ३ साउन । उच्च अदालत तुलसीपुरले गत आर्थिक वर्षमा करीब ५९ प्रतिशत मुद्दा फछ्र्योट गरेको छ । गत आर्थिक वर्षमा अदालतमा दर्ता भएका ६०९ र आर्थिक वर्ष २०७६-७७ बाट जिम्मेवारी सरेर आएका १७४ गरी कूल ८८३ मुद्दामध्ये ५२० मुद्दा...

काँग्रेस संसदीय दलको बैठक सुरु
-न्युजभित्तो

काठमाडौं, ३ साउन । सत्तारुढ   नेपाली काँग्रेस संसदीय दलको बैठक सुरु भएको छ । आइतबार दिउँसो २:४५ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको भवन नयाँ बानेश्वरमा बैठक जारी छ । दिउँसो २ बजेका लागि बैठक बोलाइए पनि प्रधानमन्त्री शेरबहादुर देउवा...

एमाले स्थायी कमिटीको निर्णय : देउवालाई विश्वासको मत दिने नेताहरु एमालेमा रहँदैनन्
-न्युजभित्तो

काठमाडौं,३ साउन । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई जस्तोसुकै परिस्थितिमा पनि समर्थन नगर्ने निर्णय गरेको छ । आज बसेको स्थायी कमिटी बैठकले यो निर्णय गरेको हो । बैठकपछि एमाले प्रवक्ता प्रदीप कुमार ज्ञवालीले देउवालाई विश्वासको मत दिने नेताहरु नेकपा एमालेमा नरहने...

विश्वासको मतका लागि प्रस्ताव दर्ता, देउवालाई एमालेका कम्तीमा ८ सांसदको साथ आवश्यक
-न्युजभित्तो

काठमाडौं,३ साउन । प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने गरी संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ । पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिएर देउवाले सरकारको आयु सुनिश्चित गर्न खोजेका हुन् । कांग्रेस संसदीय दलकी सचेतक पुष्पा...

माधवकुमार नेपाल समूह : निर्णय गर्नैपर्दैन हामी देउवालाई मत दिन्छौँ
-न्युजभित्तो

काठमाडौं,  ३ साउन । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका सांसदहरुले शेरबहादुर देउवालाई मत दिने स्पष्ट पारेका छन् । उनीहरुले यसबारेमा पार्टीले निर्णय गर्नैनपर्ने बताएका छन् । सो समूहमा रहेका एकजना सांसद मेटमणि चौधरीले भने, “हामीले प्रधानमन्त्रीलाई मत...