राजनीति
मनाङ, ५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन् । विसं २०७९ मङ्सिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा ६ हजार ७७९ मतदाता रहेका...
काठमाडौँ, ५ माघ । प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ । सोनाम ल्होछारका अवसरमा नेपाल तामाङ घेदुङद्वारा आज टुँडिखेलमा आयोजित ‘तामाङ सांस्कृतिक महोत्सव तथा...
झापा, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले नेकपा एमाले जुनसुकै अवस्थामा पनि चुनावमा होमिने बताउनुभएको छ । प्रतिनिधिसभा सदस्यको निर्वाचन सन्दर्भमा आज गृहजिल्ला झापा आइपुग्नु हुँदा चन्द्रगढी विमानस्थलमा...
गण्डकी, ५ माघ । कास्कीका राजनीतिक दल, उम्मेदवार, पत्रकार लगायतले निर्वाचन आचारसहिंता पालना गर्ने प्रतिबद्धता जनाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले आज आयोजना गरेको निर्वाचन आचारसंहितासम्बन्धी सर्वदलीय÷सर्वपक्षीय बैठकमा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नुपर्नेमा जोड दिइएको...
काठमाडौँ, ५ माघ । शेरबहादुर देउवा नेतृत्वको नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वले आपना धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा प्रवद्र्धनमा सबैलाई प्रेरित गर्दै आएको उल्लेख गर्नुभएको छ । तामाङ जातिको पर्व ‘सोनाम ल्होसार’ अर्थात् नयाँ वर्षका अवसरमा...
गोरखा, ५ माघः पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले व्यक्तिगत महत्वाकाङ्क्षाभन्दा पनि राष्ट्रिय स्वाधीनता र भू–राजनीतिक सन्तुलनको आवश्यकताले आफूले गोरखा क्षेत्र नं २ बाट उम्मेदवारी दिन लागेको बताउनुभएको छ । गोरखा सदरमुकाममा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वप्रधानमन्त्री डा भट्टराईले यसअघि चुनाव...
महेन्द्रनगर (धनुषा), ५ माघ । मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिनुभएको छ । जनकपुरधामस्थित मधेस प्रदेशसभा कार्यालयमा प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष पूर्वमुख्यमन्त्री सिंहले राजीनामा पत्र बुझाउनुभएको हो । मधेस प्रदेशसभाको प्रदेशसभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा...
अत्तरिया (कैलाली), ५ माघ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले विकास देखिने गरी हुनुपर्ने बताउनुभएको छ । धनगढी उपमहानगरपालिकाद्वारा आयोजित ‘प्रदेशस्तरीय सीप तथा रोजगार मेला–२०८२’ को आज उद्घाटन गर्दै मन्त्री भण्डारीले विकासले परिणाम खोज्ने बताउनुभयो । सुदूरपश्चिम प्रकृति...
गोदावरी (कैलाली), ५ माघ । सुदूरपश्चिम प्रदेशसभा सदस्य डा तारा जोशीले प्रदेशसभा सदस्यबाट राजीनामा दिनुभएको छ । डडेल्धुरा प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवार बनेर प्रदेशसभामा विजयी हुनुभएका डा जोशीलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले डडेल्धुराबाट प्रतिनिधिसभाको उम्मेदवार बनाएपछि उहाँले राजीनामा दिनुभएको...
काठमाडौँ, ५ माघ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीे सोनाम ल्होछार पर्वको शुभकामना दिनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत सोनाम ल्होछारको शुभकामना व्यक्त गर्दै यस्ता पर्वले उज्यालो दिएको बताउनुभएको छ । “आज तामाङ समुदायको प्रमुख पर्व...
















