सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कोशी प्रदेशमा निर्वाचन सुरक्षाको तयारी पूरा


  •    न्युजभित्तो/१५ फाल्गुन २०८२, शुक्रबार १४:५५ 
  • विराटनगर, १५ फागुन । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कोशी प्रदेशमा सुरक्षाको सबै तयारी पूरा भएको छ ।

    कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगरका प्रमुख विनोद घिमिरेले निर्वाचनमा कुनै पनि अप्रिय घटना हुन नदिन सुरक्षा समितिले सम्पूर्ण तयारी गरेको बताउनुभयो । उहाँले सुरक्षा रणनीतिअनुसार संवेदनशील, अतिसंवेदनशील स्थान र सुरक्षा चुनौतीको आकलन गरी विशेष निगरानी तथा प्रहरी परिचालन गरिने उहाँले जानकारी दिनुभयो ।

    कार्यालय प्रमुख घिमिरेका अनुसार निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन कोशी प्रदेशमा १२ हजार नेपाल प्रहरी, २३ हजार निर्वाचन प्रहरीलगायत जनशक्ति परिचालन हुनेछन् ।

    निर्वाचनमा दुई हजार ५६१ सशस्त्र प्रहरी र सशस्त्रका तर्फबाट पाँच हजार ६४९ निर्वाचन प्रहरी परिचालन भइसकेका सशस्त्र प्रहरी बल कोशी प्रदेश कार्यालय सुनसरीले जनाएको छ ।

    प्रदेशमा २८ वटा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र रहेका छन् । यहाँ ३५ लाख ७४ हजार २८६ मतदाता रहेका छन्, जसमा १७ लाख ४९ हजार ७३ महिला, १८ लाख २८ हजार २१३ पुरुष र अन्य २४ जना मतदाता रहेका छन् । निर्वाचन कार्यालयका अनुसार कोशीमा चार हजार २७० मतदान केन्द्र र एक हजार ९०७ मतदानस्थल छन् । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.