सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

जिम्मेवारपूर्ण पत्रकारितामा सञ्चार सचिवको जोड


  •    न्युजभित्तो/१४ फाल्गुन २०८२, बिहीबार १६:०४ 
  • काठमाडौँ, १४ फागुन । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले जिम्मेवारपूर्ण पत्रकारितामा जोड दिनुभएको छ । 

    निर्वाचन आयोगसँगको सहकार्यमा राससद्वारा आज यहाँ आयोजित पत्रकार महिलाका लागि ‘निर्वाचन समाचार र  आचारसंहितासम्बन्धी अभिमुखीकरण’कार्यक्रममा उहाँले व्यावसायिक पत्रकारिता आजको आवश्यकता भएको बताउनुभयो ।

    स्वच्छ, निष्पक्ष र भयरहित वातारणमा निर्वाचन सम्पन्न गर्न सञ्चारजगत्को भूमिका महत्वपुर्ण हुने चर्चा गर्दै सचिव बस्नेतले  प्रेसका माध्यमबाट प्राप्त सूचनाकाआधारमा मतदाताले धारणा बनाउने भएकाले वास्तविक समाचार सम्प्रेषणमा जोड दिनुभयो ।

    “मतदाता निर्धक भएर मतदान केन्द्रमा पुग्ने र सहितरिकाले मतदान गर्न सहयोग पुर्याउने हिसाबले समाचार सम्प्रेषण गरौँ ”, सचिव बस्नेतले भन्नुभयो ।

    राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले निर्वाचनलाई सहयोग पुग्नेगरी समाचार सम्प्रेषण गर्नुपर्नेमा जोड दिनुभयो । प्रभावकारी सन्देश प्रवाहमा उहाँको जोड थियो ।

    सन्देश कसका लागि र किन तयार गर्ने भन्नेमा स्पष्ट नहुँदा त्यसको प्रभावकारिता कमजोर हुने उहाँको कथन थियो । 

    “हामीमा के सन्देश प्रवाह गर्दैछौँ भन्ने स्पष्टताको अभाव देखिन्छ”, अध्यक्ष झाले भन्नुभयो, “जब सन्देशको उद्देश्य, लक्षित समूह र आधारभूत तथ्य स्पष्ट हुँदैन, त्यहाँ मित्थ्याले स्थान पाउँछ ।”

    नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले  निर्वाचन आचारसंहिता पालना गर्नु हरेक पत्रकारको दायित्व हो भन्नुभयो ।

    राससका महाप्रबन्धक सन्दीप राईले निर्वाचनका बेला सूचना र समाचारको चाप बढ्ने भएकाले पत्रकारले गम्भीर भएर निष्पक्ष सामग्री प्रस्तुत गर्नुपर्ने बताउनुभयो ।

    समाचार महाशाखाका उपप्रमुख एकराज पाठकले विश्वमा द्रत रूपमा विकास भइरहेको सूचना प्रविधिले ल्याएका चुनौतीलाई सामना गर्दै समाचारलाई विश्वासनीय तुल्याउनेतर्फ समाचारदाता चनाखो हुनुपर्ने बताउनुभयो । 

    कार्यक्रममा राससका महिला पत्रकार, नेपाल पत्रकार महासङ्घ, काठमाडौँ उपत्यकाका तीनवटै जिल्लाका महासङ्घका प्रतिनिधि, प्रेस काउन्सिल,  सञ्चारिका समूह, वर्किङ विमेन जर्नलिष्ट, सार्वजनिक सेवा प्रसारण नेपाल र गोरखापत्र दैनिकका पत्रकार महिला  सहभागी छन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    भारतीय सीमा नाकाबाट हुने अवैध पोल्ट्री आयात नियन्त्रण गर्न ह्याचरी उद्योग संघको अनुगमन तीव्र
    लेतेदेखि कोरलासम्म रोकिएका छन् पाँच सय बढी कन्टेनर
    वर्षाका कारण कांग्रेसको बन्दसत्र प्रभावित
    • दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी
    • दसैँमा नयाँ पैसा लिन सजिलोः बैंकको एटिएमबाटै १०० को नोट पाइने
    • नारायणी नदीको बाढीः एक हजार १५० मिटर तटबन्धमा क्षति
    • दुर्गम बस्तीका नागरिकलाई स्वास्थ्य सेवा सहज बनाउन सडक आवश्यक: मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.