राजनीति
काठमाडौं,२७मंसिर ।नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफनो पार्टी शेयर बजारका साना लगानीकर्ताको हित संरक्षण गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । शनिबार पार्टीको प्रदेश सम्मेलनको उद्घाटनका क्रममा उहाँले पूँजीको लगानी पूँजीमा नै हुँदा उद्योगधन्दाको विकास नभएको र वित्तीय पूँजीवादको...
काठमाडौँ, २६ मङ्सिर । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले १४औँ महाधिवेशनमा नेतृत्वको मतदानका लागि उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अन्तिम नामावलीअनुसार सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, प्रकाशमान सिंह, डा शेखर कोइराला र कल्याणकुमार गुरुङको उम्मेदवारी कायम छ ।...
काठमाडौं,२६ मंसिर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ४५ सदस्यीय स्थायी कमिटी प्रस्ताव गरेका छन् । भक्तपुरमा बसिरहेको केन्द्रीय कमिटी बैठकमा ओलीले स्थायी कमिटी प्रस्ताव गरेका हुन् । १९ सदस्यीय पदाधिकारी बाहेक २६ जनाको नाम प्रस्ताव भएको एक नेताले...
काठमाडौँ २६ मङ्सिर । नेपाली कांग्रेसको १४औँ महाअधिवेशन अन्तर्गत सोमबार (भोलि) हुने निर्वाचनका लागि तीन स्थानमा मतदान केन्द्र स्थापना गरिएको छ । यसैगरी एक हजार १०० बुथमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको छ । मतदाताको सङ्ख्या बढी भएपछि निर्वाचन समितिले तीन...
काठमाडौं, २६ मंसिर । नेपाली कांग्रेसका १४औँ महाधिवेशनमा सभापतिका उम्मेदवार डा. शेखर कोइरालाले आफ्नो समूहले पहिलो चरणमा नै जित हासिल गर्ने बताएका छन । महाधिवेशनमा संस्थापनइतर समूहको नेतृत्व गर्दै सभापतिमा उम्म्दवारी दिएका कोइरालाले आइतबार बिहान अनुपम फुडल्याण्डमा कार्यकर्ताहरूलाई आफ्नो...
काठमाडौँ, २६ मङ्सिर । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४औँ महाधिवेशनबाट आफू सभापति निर्वाचित भएमा सरकार आगामी राष्ट्रिय निर्वाचनसम्म रहिरहने बताउनुभएको छ । महाधिवेशन प्रतिनिधिलाई बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले आफू सभापति निर्वाचित हुन जरुरी...
काठमाडौं, २६ मङ्सिर । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४औं राष्ट्रिय महाधिवेशनका सबै प्रक्रियाबाट अलग रहने निर्णय गरेका वरिष्ट नेता रामचन्द्र पौडेलसँग भेट गरेका छन् । पौडेल निवास बोहोराटारमै पुगेर देउवाले राजनीतिबाट बाहिर हुने कुरा नगर्न आग्रह...
काठमाडौं,२६ मंसिर । प्रधानमन्त्री शेरबहादुर देउवाले आफू सभापतिमा पराजित भए सरकारबाट हटाउँछन् भन्दै जिताउन आग्रह गरेका छन् । आइतबार महाधिवेशन प्रतिनिधिहरुको एक शुभकामना आदान प्रदान कार्यक्रममा उनले पार्टी सभापति नजित्नेले के देश चलाउँछ भन्छ, के प्रधानमन्त्री बन्न सक्छ भन्ने प्रश्न...
काठमाडौं,२६ मङ्सिर । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमितिको सदस्यका लागि उम्मेदवारी दिएकामध्ये हालसम्म २७ जनाले आइतबार उम्मेदवारी फिर्ता लिएका छन् । शनिबार मनोनयनपत्र दर्ता गराएका उम्मेदवारमध्ये २७ जनाले निर्वाचन समितिको कार्यतालिकाअनुसार उम्मेदवारी फिर्ता लिने सीमाभित्र आफ्नो उम्मेदवारी...
काठमाडौँ, २६ मंसिर । नयाँ नेतृत्वका लागि शनिबार उम्म्मेदवारी दर्ता गरेका कतिपयले कांग्रेसका नेताहरुले आज आइतबार आफ्नो उम्मेदवारी फिर्ता लिन सुरु गरेका छन्। प्रधानमन्त्री शेरबहादुर देउवा प्यानलबाट प्रदेश २ का रमेश रिजाल र आनन्दप्रसाद ढुंगाना केन्द्रीय सदस्यमा निर्विरोध भएका छन्। त्यस्तै...










