राजनीति

स्वस्थ खानपानको अभाव र प्रदूषणले मिर्गौलाका बिरामी बढे : मन्त्री पौडेल
-न्युजभित्तो

काठमाडौं, २५ माघ । नेपाल नेशनल अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको छ। शुक्रबार एक कार्यक्रमबीच अस्पतालले डायलासिस सेवाको शुभारम्भ गरेको हो। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले एक कार्यक्रमबीच डायलासिस सेवाको शुभारम्भ गरे। डायलासिस सेवाको शुभारम्भ गर्दै उपप्रधानमन्त्री पौडेलले स्वस्थ खानपानको...

प्रेस चौतारी नेपालद्वारा पुरस्कार घोषणा
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । प्रेस चौतारी नेपालले विभिन्न सात विधिमा पत्रकारिता पुरस्कार घोषणा गरेको छ । वरिष्ठ पत्रकार गोविन्द पोखरेलको संयोजत्वमा गठित पुरस्कार छनोट समितिको सिफरिसका आधारमा प्रेस चौतारीले सात विधामा पुरस्कार पाउने पत्रकारको नाम घोषणा गरेको हो । प्रेस...

सरकारको गलत नीतिले भावी पुस्तालाई ऋण र करको बोझ बढ्यो: प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको गलत नीतिले देशमा ऋण बढेको जिकिर गरेका छन् । बिहीबार संसद बैठकलाई सम्बोधन गर्दै उनले भने, ‘सरकारको गलत नीतिका कारण आन्तरिक तथा बाह्य...

पाथीभरा र मुकुम्लुङको विवादमा सरकारले सिधैं जनतामाथि बल प्रयोग गर्‍योः प्रचण्ड
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । नेकपा माओवादी केन्द्रका अध्‍यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार मुकुम्लुङ (पाथिभरा) मा स्थानीयमाथि वार्ताको बाटो छाडेर दमन गरेको आरोप लगाएका छन् । बिहीबार संसदमा बोल्दै प्रचण्डले स्थानीयमाथि दमनको बाटो रोजेको आरोप लगाएका हुन् । उनले भने, ‘पाथिभरा र...

प्रतिनिधिसभाको शून्य समयः सांसदहरूद्वारा विभिन्न विषयमा सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, २४ माघ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले जाजरकोट भूकम्पबाट प्रभावितलाई अस्थायी आवासको सुनिश्चित गर्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा उहाँले जाजरकोट भूकम्पबाटबाट ९२ हजारभन्दा बढी घरको पुनःनिर्माण गर्नुपर्ने आकलन गरिएको र कतिपय परिवारले...

सरकारी वकिलको बहस सकियो, सहकारी पीडितको तर्फबाट बहस चल्दै
-न्युजभित्तो

चितवन, २४ माघ । साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन मुद्दामा आज दोस्रो चितवन जिल्ला अदालतमा थुनछेक बहस सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई अदालतमा उपस्थित...

अध्यादेश निर्णायार्थ पेश गर्नुअघि प्रचण्डले संसदमा सम्बोधन गर्ने
-न्युजभित्तो

काठमाडौं, २४ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजको प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दैछन् । संसदको हिउँदे अधिवेशनको सुरूका दिनमा शिर्ष नेताले सम्बोधन गरे पनि प्रचण्डले भने गरेका थिएनन् । आजको बैठकमा...

आज अध्यादेशको छिनोफानो, निर्णायक जसपा
-न्युजभित्तो

काठमाडौं, २४ माघ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट जारी भएका अध्यादेश बिहीबार दुवै सभाका बैठकमा पेश गर्ने कार्यसूची छ। प्रतिनिधिसभा र राष्ट्रियसभाको आज बोलाइएको बैठकमा ६ अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुनेछन्। प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक...

चितवनमा रवि संलग्न मुद्दाको थुनछेक बहस आज पनि
-न्युजभित्तो

चितवन, २४ माघ । बुधवार थुनछेक बहस नसकिएपछि प्रहरी हिरासतमा पठाइएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज पनि अदालतमा उपस्थित गराइँदै छ । आज सहकारी पीडित र प्रतिवादीका तर्फबाट अधिवक्ताहरुले बहस गर्ने छन् । हिजो...

चिया निर्यातमा देखिएको समस्या समाधानको पहल गरिनेछः प्रधानमन्त्री
-न्युजभित्तो

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली चियाको भारत निर्यातमा देखिएका समस्यालगायत चिया उद्योगलाई प्रवद्र्धन र प्रोत्साहन दिने विषयमा सक्दो पहल गर्ने विश्वास दिलाउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रादेशिक चिया समन्वय समिति, कोशीसहित झापा र...