समाज

कसैले सुनेन गजुरीका पहिरो विस्थापितका पीडा
-न्युजभित्तो

मलेखु (धादिङ), २३ असोज। गजुरी गाउँपालिका–२, चामबासका पहिरो विस्थापित चार वर्षदेखि त्रिपालकै भरमा छन् । विस्थापित भएदेखि नै विभिन्न आश्वासनमा रहेका उनीहरु अब भने सहयोगको आशा मारिसकेका छन् । विसं २०७६ साउन ५ गते धादिङको गजुरी गाउँपालिका–२, चामबास गाउँ नै...

इजरायल सरकारको सहयोगमा ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो
-न्युजभित्तो

काठमाडौं,  २३ असोज। इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ। परराष्ट्र मन्त्री एनपी साउदका अनुसार बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको छ। ‘५५ जना...

इजरायलको उत्तरी क्षेत्रका नेपाली विद्यार्थीहरु नेपाल फर्कने कि नफर्कने भनेर दोधारमा
-न्युजभित्तो

चितवन,२२ असोज । इजरायलको उत्तरी क्षेत्रका कृषि फार्म र प्रयोगशालामा काम गर्ने नेपाली विद्यार्थीहरु नेपाल फर्कने कि नफर्कने भनेर दोधारमा परेका छन् । इजरायलको दक्षिणी क्षेत्र तनावग्रस्त भए पनि उत्तरी क्षेत्र शान्त भएकोले आफूहरु निरन्तर काममा रहेकोले घर फर्कने किन...

इजरायलमा छोरासँग सम्पर्क टुटेपछि परिवार चिन्तित
-न्युजभित्तो

बेदकोट, (कञ्चनपुर) २२ असोज । इजरायलमा रहेका छोरासँग सम्पर्क टुटेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–३ का विपिन जोशीको परिवार चिन्तामा डुबेको छ । भीमदत्त नगरपालिका–३ नागार्जुन टोल निवासी उनका परिवार छोरासँग सम्पर्क नहुन नसकेपछि चिन्तामा डुबेको हो । शनिबारपछि छोरासँग सम्पर्क नभएकाले...

चितवनका सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ
-न्युजभित्तो

चितवन, २२ असोज । चितवन राष्ट्रिय निकुञ्जले माडी क्षेत्रमा पर्ने सामुदायिक वनमा बाघको अवस्था बुझ्न क्यामेरा ट्यापिङ गर्ने भएको छ । माडी र ठोरीको मध्यवर्ती सामुदायिक वन क्षेत्रमा बाघको ‘इकोलोजिकल मोनिटरिङ’ गर्नका लागि क्यामेरा ट्यापिङ गर्न लागिएको हो । निकुञ्जको...

बरालको मौरीपालनः आफ्ना लागि आम्दानी, अरुका लागि प्रेरणा
-न्युजभित्तो

गण्डकी, २२ असोज । जीवनको साढे दुुई दशक मौरीपालन व्यवसायमा खर्चिनुभएका पोखरा महानगरपालिका–३३ बागमारामा किसान श्रीभद्र बराल यतिखेर अरुका लागि प्रेरणाको स्रोत बन्नुुभएको छ । लामो समयको मौरीपालन अनुभवले खारिनुभएका उहाँ मौरीपालनबाट राम्रो  आम्दानीसँगै अहिले विभिन्न ठाउँमा पुगेर तालिम ...

मृतक नेपालीको शव यथाशक्य छिटो नेपाल ल्याउने सरकारको तयारी
-न्युजभित्तो

काठमाडौँ, २२ असोज। सरकारले इजरायलमा आक्रमणमा परी निधन भएका नेपाली नागरिकको शव पहिचान गरी यथासक्य छिटो स्वदेश ल्याउन पहल भइरहेको जनाएको छ । साथै घाइतेको उद्धार र उचित उपचारको प्रबन्ध गर्न इजरायल सरकारसमक्ष अनुरोध भइसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ । इजरायल...

लमजुङमा दाह्री काट्ने मेसिन नदिएको भन्दै छोराले खुकरी हान्दा बाबुको निधन
-न्युजभित्तो

काठमाडौं, २१ असोज। लमजुङमा दाह्री काट्ने मेसिन नदिएको विषयमा विवाद हुँदा छोराले खुकुरी प्रहार गरी बाबुको ज्यान लिएका छन् । क्व्होलासोथार गाउँपालिका- टक्सारमा असोज १० गते २८ वर्षीय सुजन विकले ६० वर्षीय बाबु दिलबहादुर विकलाई खुकुरी प्रहार गरेका थिए...

११९ विद्यार्थीलाई स्थानान्तरणको प्रयास भइरहेको छ: कृषि विश्वविद्याल
-न्युजभित्तो

चितवन,  २१ असोज। चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयले इजरायलमा रहेका आफ्ना ११९ जना विद्यार्थीहरु सकुसल रहेकोले स्थानान्तरणको प्रयास भइरहेको जनाएको छ । विश्वविद्यालयकी रजिष्ट्रार प्राध्यापक डा. शारदा थपलियाले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कामसँगै अध्ययन गर्ने कार्यक्रम अन्तर्गत इजरायलमा...

काठको चोरी नियन्त्रण गर्न डिभिजन वन कार्यालय चितवनले बढायो सक्रियता
-न्युजभित्तो

चितवन, २१ असोज। चाडपर्वमा हुने काठको चोरी पैठारी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका आठ युनिटलाई सक्रिय बनाएको हो । कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चाडपर्वका समयमा वनमा हुने...