सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

काठको चोरी नियन्त्रण गर्न डिभिजन वन कार्यालय चितवनले बढायो सक्रियता


  •    न्युजभित्तो/२१ आश्विन २०८०, आईतवार १६:४९ 
  • चितवन, २१ असोज। चाडपर्वमा हुने काठको चोरी पैठारी नियन्त्रणका लागि डिभिजन वन कार्यालयले सक्रियता बढाएको छ । कार्यालयले चोरी पैठारी नियन्त्रणका लागि आफ्नो क्षेत्रमा रहेका आठ युनिटलाई सक्रिय बनाएको हो ।

    कार्यालयका सूचना अधिकारी बालकृष्ण खनालका अनुसार चाडपर्वका समयमा वनमा हुने चोरी पैठारी नियन्त्रणका लागि आठ युनिटमा ६५ जना परिचालन गरिएको छ । यी युनिटले नियमित गस्ती, छड्के चेकजाँच, छड्के छापा लगायतका काम गरिरहेका छन् ।

    “चार्डपर्वको समयमा हुने चोरी पैठारी नियन्त्रणका लागि हामी लागि परेका छौँ”, उहाँले भन्नुभयो, “चाडपर्वको समयमा अन्यको बेला भन्दा बढी चोरी हुने भएकाले सक्रियता बढाएका हौँ ।” आवश्यक परेको खण्डमा प्रहरीसमेत परिचालन गर्ने गरी कामलाई अघि बढाइएको उहाँको भनाइ थियो ।

    कार्यालयले वन क्षेत्रमा प्लास्टिकजन्य वस्तु र फोहर फाल्न निरुत्साहित गरिएको खनालले बताउनुभयो । उहाँले भन्नुभयो, “वन क्षेत्रलाई फोहर फाल्ने केन्द्रको रुपमा प्रयोग गरिएको छ । यसलाई नियन्त्रणका लागि जनचेतना जगाउने लगायतका काम भइरहेका छन् ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित
    • रास्वपाले ‘क्यान्डिडेट क्लब’मार्फत स्थानीय तहका उम्मेदवार छान्ने
    • सुन तोलामा रु आठ हजार ३०० र चाँदी रु १७५ ले घट्यो
    • खेलकुदलाई व्यावसायिक र मर्यादित बनाउन प्रदेश सरकार प्रतिबद्ध छः मन्त्री तामाङ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.