सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

इजरायल सरकारको सहयोगमा ५५ नेपालीलाई सुरक्षित स्थानमा लगियो


  •    न्युजभित्तो/२३ आश्विन २०८०, मंगलवार १२:२६ 
  • काठमाडौं,  २३ असोज। इजरायलमा रहेका ५५ जना नेपालीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ।

    परराष्ट्र मन्त्री एनपी साउदका अनुसार बंकरभित्र आश्रय लिइरहेका सुदूरपश्चिम विश्वविद्यालयका ३२ जना विद्यार्थी र कृषि तथा वन विज्ञान विश्वविद्यालयका २३ जना विद्यार्थीलाई सुरक्षित स्थानमा लगिएको छ।

    ‘५५ जना नेपाली विद्यार्थीलाई इजरायल सरकारको सहयोगमा सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ,’ संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा मंगलबार मन्त्री साउदले भने, ‘साथै इजरायलको उत्तरी क्षेत्रका फार्म हाउसमा रहेका केही नेपालीलाई पनि सुरक्षित तवरले बंकरमा रहने व्यवस्था मिलाइएको छ।’

    अन्य क्षेत्रमा जोखिममा रहेका नेपालीलाई पनि सुरक्षित स्थानमा राख्नेबारे सरकारले पहल गरिरहेको मन्त्री साउदले बताए।

    उनकाअनुसार स्वदेश फर्किन दुई सय जनाभन्दा बढीले आवेदन दिइसकेका छन्।
    इजरायलमा चार हजार पाँच सय जना नेपाली केयर गिभर छन् भने २६५ विद्यार्थीमध्ये १० विद्यार्थीको मृत्यु भएको थियो। मन्त्री साउदका अनुसार केयर गिभरका रूपमा गएका कामदारहरू भने सुरक्षित छन्।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    विश्व अण्डा दिवसमा नेपालमा सप्ताहव्यापी कार्यक्रम, असोज २३ गते चितवनमा भव्य कार्यक्रम 
    मौरीपालक किसानका लागि बिमा कम्पनीको सर्तमा समस्या
    दृष्टिविहीन नागरिकलाई सहयोगको पात्र होइन, अवसर पाए राष्ट्र निर्माणका सक्षम नागरिकका रूपमा हेर्नुपर्छः मन्त्री तामाङ
    • कांग्रेस महाधिवेशन उद्घाटन सत्र सुरु, विभिन्न दलका शीर्ष नेता उपस्थित
    • नेपाल नेत्रज्योति संघ चितवनको २६ औं जिल्ला सभा सम्पन्न
    • दशौँ राष्ट्रिय खेलकुदमा पदक जित्ने बागमतीका खेलाडीलाई प्रदेश सरकारले पुरस्कार दिने
    • ग्लोबल आइएमई बैंकको २० औं साधारण सभा सम्पन्न, शेयरधनीलाई १० प्रतिशत लाभांश पारित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.