समाज

निजी विद्यालयलाई सार्वजनिक गुठीमा रूपान्तरण गर्न माग
-न्युजभित्तो

काठमाडौँ, २९ पुस । विभिन्न राजनीतिक दल निकट विद्यार्थी सङ्गठनले संविधानमा व्यवस्था भएको निःशुल्क शिक्षाको हकलाई कार्यान्वयन गर्ने गरी विद्यालय शिक्षा विधेयक, २०८० पारित गर्न संसदीय समितिलाई ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचनाप्रविधि समितिको आजको बैठकमा सुझाव...

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन
-न्युजभित्तो

नवलपरासी, २९ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर...

नेपालगञ्ज उपमहानगरपालिकाद्वारा सामूहिकरुपमा आगो ताप्ने व्यवस्था
-न्युजभित्तो

बाँकै, २९ पुस । शीतलहरसँगै चिसो बढेपछि नेपालगञ्ज उपमहानगरपालिकाले यहाँका विभिन्न सार्वजनिक ठाउँ तथा चोकमा दाउरा वितरण गरेर सामूहिकरुपमा आगो ताप्ने व्यवस्था गरेको छ । उपमहानगरपालिकाले आज बिहानैदेखि दाउरा वितरण सुरु गरेको नगर प्रमुख प्रशान्त विष्टले बताउनुभयो । उहाँका...

नारायणगढ–मुग्लिन सडकः आज र भोलि दिउँसो पनि खुल्ने
-न्युजभित्तो

भरतपुर, २९ पुस । नारायणगढ–मुग्लिन सडकखण्डमा आज र भोलि दिउँसो पनि यातायात सेवा खुला गरिने भएको छ । देवघाटधाममा लाग्ने माघेसङ्क्रान्ति मेलालाई मध्यनजर गर्दै दिउँसो यातायात सेवा यथावत सञ्चालन गर्ने निर्णय भएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिमखण्ड ९नारायणगढ–मुग्लिन०का सूचना अधिकारी...

देवघाटमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ
-न्युजभित्तो

चितवन, २९ पुस । देवघाटको बेनीमा बाँसको लिङ्गो गाडेर माघेसङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको छ । विभिन्न आश्रमका पीठाधीश, सन्तमहन्त, भक्तजन, स्थानीयलगायतको उपस्थितिमा लिङ्गो गाडेर मेलाको शुभारम्भ गरिएको हो । गलेश्वर आश्रममा भेला भएर विधिपूर्वक लिङ्गोसहित शोभायात्रा बेनी पुगेको थियो...

झापामा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु, आठ घाइते
-न्युजभित्तो

झापा, २९ पुस । झापाको शिवसताक्षी नगरपालिका र कमल गाउँपालिकामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । शनिबार भएका ती दुवै दुर्घटनामा आठ जना घाइते भएका छन् । शिवसताक्षी–१० सैनिक चौकस्थित पूर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ आइरहेको बा१४च...

गर्भवतीलाई गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा
-न्युजभित्तो

गोरखा, २९ पुस । उत्तरी गोरखाको विकट धार्चे गाउँपालिकामा गर्भवतीका लागि गाउँमै निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गर्न थालिएको छ । गाउँपालिकाले सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमअन्तर्गत पालिकाभित्रका सम्पूर्ण गर्भवतीका लागि भिडियो एक्सरे सेवा उपलब्ध गराउन सुरु गरिएको हो...

हुम्लामा अनुदानको नुन पाँच वर्षदेखि गोदाममै
-न्युजभित्तो

बाजुरा, २७ पुस । कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा...

चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय
-न्युजभित्तो

चितवन, २७ पुस । भरतपुरको मुख्य सहरी क्षेत्रको केन्द्रमा रहेको चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय बनेको छ । झट्ट हेर्दा निजी शिक्षालयजस्तो देखिने सरकारी विद्यालयमा ८० प्रतिशत विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश...

बहुबिवाह मुद्दामा महिला पक्राउ
-न्युजभित्तो

झापा, २७ पुस । बहुबिवाहको आरोपमा एक महिला प्रकाउ परेका छन् । बहुबिवाहको मुद्दामा २ वर्ष कैद सजाय तोकिएकी हल्दीबारी गाउँपालिका वडा-२ घर भई भद्रपुर नगरपालिका वडा-७ बस्ने २६ वर्षीया संगिता बनिया भन्ने संगिता पुरी पक्राउ गरिएको हो । जिल्ला...