सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

हुम्लामा अनुदानको नुन पाँच वर्षदेखि गोदाममै


  •    न्युजभित्तो/२७ पुष २०८०, शुक्रबार १५:५७ 
  • बाजुरा, २७ पुस । कर्णाली प्रदेशको हुम्ला जिल्लाका लागि अनुदानमा ल्याइएको एक सय ६० बोरा नुन अर्थात् ८० क्विन्टल अलपत्र अवस्था रहेको छ । नेपालगञ्जदेखि ढुवानी गरेर हिमाली गाउँपालिकाको कवाडीस्थित एक स्थानीयको घरमा गोदाम बनाई राखिएको पाँच वर्ष पुग्दा पनि कसैले चासो देखाएका छैनन् ।

    कवाडीस्थित गोदाममा पुगेको नुनको पाँच वर्षसम्म पनि खोजी नगर्दा अलपत्र अवस्थामा पुगेको स्थानीयले बताएका छन् । ठेकेदारबाट अनुदानबापतको नुन कवाडीसम्म पुगे पनि समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा गोदाममै अलपत्र बनेको छ ।

    नुनको पाकेट बाहिर लेखिएको मिति हेर्दा सन् २०१९ अर्थात् गत २०७५ सालमा ढुवानी भएको देखिन्छ । पाकेटमा लेखिएको मितिका कारण धनगढीको नभई नेपालगञ्जबाट हुम्लाका लागि ढुवानी भएको कर्मचारी बताउँछन् । उक्त मात्राको नुन ढुवानी गर्ने ठेकेदार को हुन्, कसको ठेक्का हो र ढुवानी कसले गरेको हो भन्नेबारे यकीन हुन नसके स्थानीयको भनाइ छ ।

    हुम्लाको ठेकेदारले नुन ढुवानी गरेको हुनसक्ने आशङ्का भए पनि ठेकेदारको नाम भने पहिचान हुन नसकेको हिमाली–५ का वडाध्यक्ष प्रदीप बुढथापाले बताउनुभयो । नुन ढुवानी भएदेखि हालसम्म ठेकेदार सम्र्पकमा नआएको र अन्य कुनै निकायबाट पनि खोजी नभएको उहाँको भनाइ थियो । साल्टटे«निङ कम्पनी नेपालगञ्जको नुन भएकाले बाजुराको नभई हुम्लाको हुनसक्ने आशङ्का स्थानीयले गरेका उहाँले बताउनुभयो । अनुदानको नुन कवाडीका स्थानीय प्रकाश बुढथापाको गोदाम घरमा विगत पाचँ वर्षदेखि राखिएको छ । त्यतिबेला हुम्ला जाने सडक नहुँदा कवाडीमा गोदाम बनाएर नुन राखिएको हुनसक्ने भन्दै वडाध्यक्ष बुढथापाले हालसम्म कसैले खोजी भने नगरेका जानकारी दिनुभयो ।

    “नुन ढुवानी गर्दा ठेकेदारले स्थानीय बुढथापाको घर खाली भएकाले निजको घरलाई गोदामका रुपमा प्रयोग गरेका हुन् । गोदाममा ताला लगाएर गएदेखि ठेकेदार फर्किएका छैनन्”, उहाँले भन्नुभयो, “घरमा कोही नभएको समयमा ठेकेदारले नुन राखेकाले घर मालिकले भाडा दिने हुन्÷होइन भन्ने आशङ्काले अर्को ताला लगाइएका छन् । लामो समयसम्म ठेकेदार र घर मालिकको सम्पर्क नहुँदा दुईवटै ताला खोलिएका छैनन् ।”

    “नुन गोदामका ढोका जीर्ण बन्दै गएका र नुनसमेत चोरी हुन थालेको छ । ढुवानी गरेर बाजुरा पु¥याइएको नुन समयमा सम्बन्धित ठाउँमा पुग्न नसक्दा प्रयोग गर्ने म्याद सकिएको छ”, नुन डिपो केन्द्र कोल्टी प्रमुख जयराम रेग्मीले भन्नुभयो । प्याकिङ भएको दुई वर्षभित्र नुन बिक्री गरिसक्नुपर्ने भए पनि पाँच वर्षसम्म कवाडीमा भेटिएको उक्त नुनको म्याद सकिएको उहाँले जानकारी दिनुभयो ।रेग्मीले नुन दुई वर्षभित्र नुन प्रयोग गसिक्नुपर्नेमा पाँच वर्षदेखि गोदाममा रहेकाले म्याद सकिएको बताउनुभयो । उहाँले उक्त नुन प्रयोग नगर्न आग्रह गर्दै प्रयोग गर्दामा स्वास्थ्यमा असर पर्ने बताउनुभयो । दुर्गमका नागरिक नुन अभावमा चर्को मूल्य तिरेर किन्नुपर्ने अवस्था भए पनि सहुलियत अनुदानको नुन पाँच वर्षदेखि बाजुरामा थन्किएर म्याद सकिँदासम्म पनि कसैको ध्यान जान सकेको छैन । दुर्गम क्षेत्रका नागरिक नुन अभावमा तड्पिरहेकाबेला यसरी गोदाममा थन्किनुले नागरिकमा शङ्का उत्पन्न भएको छ ।

    बाजुरामा लुकाइछिपाइ राखिएको अवस्थामा भेटिएको नुनको पुष्टिका लागि विभिन्न निकायसँग बुझ्दा कुनै निकायबाट गतिलो जवाफ प्राप्त हुन नसकेको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले बताउनुभयो । अनुदानको नुन कवाडीमा पाँच वर्षदेखि अलपत्र परेको खबर आएकाले प्रहरी परिचालन गरी अनुसन्धान गर्न लगाइएको उहाँले राससलाई जानकारी दिनुभयो ।

    “अहिले नै यही भन्न सकिने अवस्था छैन । प्रहरीको प्रतिवेदन आएपछि मात्र कवाडीमा नुन गोदाममा राखेर सम्पर्कविहीन भएका ठेकेदारसहितको खोजी गर्ने छौँ”, प्रजिअ पोखरेलले भन्नुभयो, “यसरी लुकाइछिपाइ राखिएको नुनको वास्तविकता खोजी गर्न प्रहरी परिचालन भइसकेकाले शीघ्र यसबारे थप तथ्य सार्वजनिक गर्ने छौँ ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.