सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नवलपरासी पूर्वमा आठ करोड बढीको सुन्तला उत्पादन


  •    न्युजभित्तो/२९ पुष २०८०, आईतवार १५:१८ 
  • नवलपरासी, २९ पुस । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा यस वर्ष रु आठ करोड ७४ लाख ९० हजार बराबरको सुन्तला उत्पादन भएको छ ।

    जिल्लामा सुन्तला जोन कार्यक्रमअन्तर्गत आठ सय १८ हेक्टरमा सुन्तलाखेती हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका सूचना अधिकारी रणबहादुर महतोले बताउनुभयो । “यस वर्ष जिल्लामा एक हजार तीन सय ४६ मेट्रिकटन सुन्तला उत्पादन भएकामा सो बिक्रीबापत कृषकले रु आठ करोड ७४ लाख ९० हजार अम्दानी गरेका छन्”, उहाँले भन्नुभयो । गत वर्षभन्दा यस वर्ष सात दशमलव ८६ प्रतिशतले सुन्तला उत्पादन वृद्धि भएको सूचना अधिकारी महतोले बताउनुभयो ।

    गत आर्थिक वर्ष २०७९र८० मा जिल्लामा एक हजार दुई सय ५० मेट्रिकटन सुन्तला उत्पादन भएको थियो । यसबाट रु सात करोड ५० लाख बराबरको आम्दानी भएको महतोले जानकारी दिनुभयो ।

    सुन्तलाखेती गरिएको जमिनमध्ये एक सय ३२ हेक्टरमा प्रतिहेक्टर १० हजार मेट्रिकटन उत्पादन हुने गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना नवलपुरका प्रमुख सुनिलकुमार सिंहले बताउनुभयो ।

    “जिल्लाको बौदिकाली, बुलिङ्टार गाउँपालिका, गैँडाकोट नगरपालिका– १८, हुप्सेकोट वडा नं ५, देवचुली वडा नं ६, मध्यबिन्दु–८ र १५ वडा गरी कूल १७ वडामा सुन्तला जोन कार्यक्रम सञ्चालन गरिएको छ”, उहाँले भन्नुभयो, “पहिले सामान्यरुपमा सुन्तला लगाउने किसानले सुन्तला जोन कार्यक्रमपछि सरकारबाट विभिन्न खालका प्राविधिक सहयोग र अनुदान प्राप्त गरेर यसतर्फ आकर्षण बढ्दै गएको देखिन्छ ।”

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना आव २०७५र७६ देखि नवलपरासी९बर्दघाट सुस्तापूर्व०मा सञ्चालनमा आएको हो । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागू नभएका केही स्थानमा पनि सुन्तलाखेती हुने गरेको कृषि ज्ञानकेन्द्र नवलपुरका सूचना अधिकारी विश्वास काफ्लेले बताउनुभयो । पछिल्लो समय जिल्लाको पहाडी क्षेत्रका किसानको जीविकोपार्जनको गतिलो माध्यम सुन्तला बन्दै गएको छ ।

    बौदीकाली गाउँपालिका–५ बबकका कृषक गेसबहादुर रानाले यो याममा सुन्तला उत्पादनमा वृद्धि भएकोे बताउनुभयो । “यो क्षेत्रमा अन्य खेतीभन्दा सुन्तला राम्रो उत्पादन हुने गरेको छ, अघिल्ला वर्षमा बजारको समस्या हुने गरेकामा यस वर्ष कतिपय व्यापारी बगैँचामै पुगेर खरिद गरेको हुँदा किसानलाई सुन्तला बिक्रीमा सहजता मिलेको छ”, उहाँले भन्नुभयो । नवलपरासी(बर्दघाट सुस्तापूर्व)मा उत्पादन भएको सुन्तला स्थानीय कावासोती, दलदले बजारसहित नारायणगढ, काठमाडौँलगायत बजारमा निर्यात हुने गरेको छ ।

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.