सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय


  •    न्युजभित्तो/२७ पुष २०८०, शुक्रबार १४:४८ 
  • चितवन, २७ पुस । भरतपुरको मुख्य सहरी क्षेत्रको केन्द्रमा रहेको चितवन माध्यमिक विद्यालय विपन्नको शिक्षालय बनेको छ । झट्ट हेर्दा निजी शिक्षालयजस्तो देखिने सरकारी विद्यालयमा ८० प्रतिशत विपन्न परिवारका बालबालिकाले अध्ययन गर्ने गरेका छन् ।

    विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश अधिकारीका अनुसार यहाँ पढ्न आउने धेरै विद्यार्थी विपन्न परिवारका छन् । जिल्लाको ग्रामीण भेग तथा अन्यत्रबाट यहाँ आएका कामदारदेखि कर्मचारीका छोराछोरी उक्त विद्यालयमा अध्ययन गर्दछन् । विभिन्न ठाउँबाट सर्दै हाल यो विद्यालय भरतपुर महानगरपालिका–१० मा रहेको छ ।

    “विद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये ४० प्रतिशत रोजगारीको सिलसिलामा आएका परिवारका सदस्य रहेका छन्”, अध्यक्ष अधिकारीले भन्नुभयो । सात दशक पार गरेको उक्त विद्यालयले विभिन्न उतारचढावका बीच पछिल्ला वर्षमा लय समातेको छ । आर्थिक हिसाबले पनि विद्यालय सम्पन्न छ । सरकारी विद्यालय भएकाले निः शुल्क शिक्षा र शैक्षिक गुणस्तर वृद्धि गरेका कारण विद्यालयमा विपन्न परिवारका विद्यार्थीको आकर्षण बढेको उहाँको भनाइ छ ।

    गत वर्षको एसइईमा ९३ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल उक्त विद्यालय कक्षा १२ को परीक्षामा जिल्लाको सर्वोत्कृष्ट बन्न सफल भएको थियो । अध्यक्ष अधिकारीले भन्नुभयो, “अन्य सामुदायिक विद्यालयले अभिभावकबाट चन्दाका नाममा शुल्क लिएर पठनपाठन गराउने गरेका छन्, यस विद्यालयले निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ ।”

    शिक्षा क्षेत्रमा अनुभव हासिल गर्नुभएका अधिकारीले विगत झण्डै तीन वर्षदेखि यस विद्यालयको नेतृत्व सम्हाल्दै आउनुभएको छ । आफूहरु आएसँगै भौतिक पूर्वाधार निर्माण, आर्थिक पारदर्शीता, कक्षाकोठामा सिसी क्यामरा जडान गरेर अनुगमन, प्रविधिमैत्री शिक्षा जोड दिएसँगै विद्यार्थीको आकर्षण बढेको उहाँले बताउनुभयो ।

    प्रध्यानाध्यापक चिरञ्जीवी शर्माका अनुसार शैक्षिक गुणस्तर कायम गर्दै अघि बढेको यस विद्यालयलमा अध्ययन गर्ने विपन्न परिवारका विद्यार्थीलाई विद्यालय पोसाकदेखि न्यानो कपडासमेत विद्यालयले उपलब्ध गराउँदै आएको छ । उहाँले भन्नुभयो, “कक्षा ५ सम्म अध्ययन गर्ने सबै विद्यार्थी र अन्य कक्षामा अध्ययनरत विपन्न परिवारका विद्यार्थीलाई न्यानो कपडादेखि विद्यालय पोसाकसम्म हामीले दिन्छौँ ।”

    विद्यालयमा हाल आधारभूततर्फ चार सय ५७ र माध्यमिक विद्यालयतर्फ दुई सय ८५ विद्यार्थी अध्ययनरत छन् । यस्तै सुस्तश्रवण एकाइमा २६ विद्यार्थी अध्ययनरत छन् । विद्यालयसँग पर्याप्त जग्गा भएका कारण त्यसैको भाडाले मनग्य आम्दानी गर्दैआएको छ । त्यही आम्दानीबाट विद्यालयले विपन्न बालबालिकालाई गुणस्तरीय शिक्षा निः शुल्करुपमा उपलब्ध गराउन सकेको छ । उक्त विद्यालयमा अङ्ग्रेजी र नेपाली माध्यमबाट पढाइ हुँदै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    सञ्चारमाध्यमले नागरिकको अधिकार र सार्वजनिक हितलाई केन्द्रमा राख्नुपर्छः सञ्चारमन्त्री डा तिमिल्सिना
    कोरियाबाट फर्केका नेम्बाङ कृषि व्यवसायमा
    पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्को हप्ता
    • पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान
    • आर्थिक ऐन ०८३ आएपछि चितवनमा तीन हजारले लिए छुट सुविधा
    • नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी बालविकास सहजकर्ता बनेकी बोहराविरुद्ध मुद्दा
    • पोखरा–जोमसोम हवाई उडान पुनः सुरु

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.