समाज
फिक्कल (इलाम), १२ चैत । इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् । इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको...
काठमाडौ, १२ चैत । बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो । सम्हालिए घरतर्फ जान पनि गाह्रो भयो । “लोला कहाँबाट कसले हान्यो थाहा छैन । लोला प्रहारले...
गलेश्वर (म्याग्दी), १२ चैत । दशपाथे काठको ठेकीमा मदानी बेरेको नेतीलाई दाहिने र देब्रे हातले पालैपालो तानेर घ्वार्र। घ्वार्र। गर्दै मही पारेको दृश्य म्याग्दीका ग्रामीण भेगमा देखिन छोडेको छ । सुविधा र बसाइँसराइका कारण गाउँमा पशुपालन गर्ने मानिसको सङ्ख्या...
काठमाडौँ, १२ चैत । होलीमा जथाभावी रङ दल्ने तथा होहल्ला गरेको आरोपमा पक्राउ परेका दुई सय ७७ मध्ये एक सय पाँच जना छुटेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँले उनीहरुलाई काठमाडौँका विभिन्न स्थानबाट आइतबार पक्राउ गरेको थियो । गएराति छाडिएकामा...
कञ्चनपुर, १२ चैत । शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका मनिराम डगौरा आज बिहानै होल्का (होलिका) जलाएको ठाउँबाट खरानी ल्याएर घर आउनुभएको छ । होलीको रङ लगाउनुअघि उहाँले घरपरिवारलाई होलिका जलाएको खरानी देउथनुमा(देवस्थान) मा चढाएर ढोग गरेपछि मात्रै उक्त खरानीसहित परिवारलाई...
काठमाडौँ, १२ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनको कालिका नगरपालिकामा स्थापना गर्ने भनिएको शक्तिखोर औद्योगक क्षेत्रको विषय आगामी आर्थिक वर्षको बजेटले सम्बोधन गर्ने बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटामा आज नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसहित चितवनको कालिका नगरपालिकाबाट...
काठमाडौँ, १२ चैत । हसिलो मुहार अनि जोसिलो व्यवहार । उमेरले नौ दशक टेक्नुभएकी गणेशमाया नेवार्नीको मूल स्वाभाव हो । पाटन निवासी उहाँँलाई देख्नेहरु झुकिन्छन् । किनकी उहाँँको कर्मप्रतिको सक्रियताले उमेरै छोपिदिन्छ । उहाँ‘ भन्नुहुन्छ, “सकुञ्जेल कामै गर्ने हो,...
अछाम, १२ चैत । अछामको मेल्लेख गाउँपालिकामा ट्र्याक्टर दुर्घटना हँुदा पाँच जनाको मृत्यु भएको छ । मेल्लेख–७ नन्देगडाको सुयडीमा आज भएको सो दुर्घटनामा तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा मेल्लेख–१ का ५५ वर्षीय रङ्ग धामी, १५ वर्षीय जनक...
मध्यविन्दु (नवलपरासी), १२ चैत । रङहरूको पर्व होली आज तराई मधेसमा हर्षोल्लासपूर्वक मनाइँदै छ । हिमाली एवं पहाडी जिल्लामा होली (फागु पूर्णिमा) मनाइएको भोलिपल्ट आज तराईका जिल्लामा होली मनाउने परम्पराअनुसार आज यस क्षेत्रमा होली मनाउन लागिएको हो । तराई...
सिमकोट (हुम्ला) १२ चैत । हुम्लामा ८२ प्रतिशत बालबालिकाले दादुरा–रुबेलाविरुद्धको खोप लगाएका छन् । सातवटा स्थानीय तह रहेको जिल्लामा गत फागुन २५ देखि यही चैत ७ गतेसम्म दादुरा–रुबेलाविरुद्धको खोप अभियान सञ्चालन गरिएको थियो । जिल्लामा एक सय सात खोप केन्द्र...















