सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

पर्यटन प्रवर्द्धनमा जुट्दै इलामका साहित्यकार


  •    न्युजभित्तो/१२ चैत्र २०८०, सोमबार १४:५२ 
  • फिक्कल (इलाम), १२ चैत । इलामका साहित्यकार जिल्लाको पर्यटन प्रवर्द्धनमा जुटेका छन् । इलाम पर्यटकीय जिल्ला भए पनि पछिल्लो समय सुनसान बन्दै गएपछि साहित्यको माध्यमबाट पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँका साहित्यकार जुटेका हुन् ।

    इलाम नगर साहित्य, कला, सङ्गीत प्रतिष्ठानको अगुवाइमा सदरमुकाममा यही चैत १६ र १७ गते तेस्रो संस्करणको ‘इलाम साहित्य महोत्सव’ आयोजना हुन लागेको हो । जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले दुईदिने साहित्य महोत्सव आयोजना गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङले जानकारी दिनुभयो । उहाँका अनुसार ‘पर्यटनका लागि साहित्य’ भन्ने नाराका साथ आयोजना हुने महोत्सवमा नेपाल र भारतका दुई सय बढी साहित्यकार सहभागी हुनेछन् ।

    “इलाम आफैँमा एउटा रमणीय र सुन्दर पर्यटकीय जिल्ला हो । यसलाई साहित्यका माध्यमबाट थप विकास र प्रवर्द्धन गर्नका लागि महोत्सव आयोजना गर्न लागिएका हौँ”, अध्यक्ष थाम्सुहाङले रासससँग भन्नुभयो, “महोत्सवमा नेपाल र भारतका गरी दुई सय बढी साहित्यकार यहाँ आउनुहुनेछ ।” नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले उद्घाटन गर्नुहुने महोत्सवमा साहित्यसँगै पर्यटन, अर्थतन्त्र र राजनीतिबारे बहस हुने उहाँले जानकारी दिनुभयो । उद्घाटन समारोहमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईको सम्भाषण हुने आयोजकले जनाएको छ ।

    महोत्सवको पहिलो दिन ‘सङ्घीयताः यस्तो वा कस्तो रु’ शीर्षकमा नवीना लामा, मिलन पाण्डे र डिल्लीराम सुवेदीको बहस, ‘कविता’ शीर्षकमा सोझो गाउँले, सुन्दर कुरुप र सुमिनाको बहस, ‘मिथकदेखि मिथकसम्म’ शीर्षकमा डा अरुण गुप्ता र राजन मुकारङबोको बहस र ‘आख्यानः अन्तिम पात र नयाँ पालुवा’ शीर्षकमा नारायण ढकाल र वसन्त बस्नेतको बहस हुने प्रतिष्ठनका अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।

    ‘पोइट्री इन मुभमेन्ट’ शीर्षकमा राजा पुनियानी र ‘अर्थतन्त्र’ शीर्षकमा स्वर्णीम वाग्लेको प्रस्तुति रहनेछ भने ‘बदलिँदो विश्व फेरिँदो स्थानीयता’ शीर्षकमा रोहेज खतिवडा, धर्मेन्द्र नेम्बाङ र रञ्जित तामाङको बहस, ‘चारखोलको रङ्गमञ्च’ शीर्षकमा सुरेश पोर्तेल र चेतन आङ्थुपोको बहस हुने आयोजकले जनाएको छ ।
    साथै ‘कविताको स्वर’ शीर्षकमा गद्य कविता वाचन र ‘छन्द सुगन्ध’ शीर्षकमा पद्य कविता वाचनसमेत सोही दिन हुने अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो ।

    दोस्रो दिन ‘संरक्षण र पर्या–पर्यटनका कुरा’ शीर्षकमा सोनाम भुटिया र दीपेन्द्र कर्णको बहस, ‘मातृभाषाको सकस’ शीर्षकमा सुरेश किरण, चन्द्रकिशोर र गौरी तमुको बहस हुनेछ । ‘उमेरको कथा’ शीर्षकमा अभि सुवेदीसँग दीपक सापकोटाको संवाद, ‘सिनेमा’ शीर्षकमा केकी अधिकारी, मीन भाग र रामबाबु गुरुङको बहस र ‘अक्षर मोहः अक्षर यात्रा’ शीर्षकमा शैलेन्द्र अधिकारी, शङ्कर तिवारी र टीका आत्रेयको बहस हुनेछ ।

    ‘सीमा, साहित्य र संस्कृति’ शीर्षकमा डा कविता लामा, गणेश खनियाँ र दीपक लुङ्गेलीको बहस, ‘प्रतिरोधी साहित्य’ शीर्षकमा डा ज्ञानेन्द्र खतिवडा, विक्रम हथवार (कर्नाटक) र डा अस्मिता विष्टको बहस, ‘कस्तो राजनीति’ शीर्षकमा डा सिके राउत, प्रदीप गिरी र विश्वप्रकाश शर्माको बहस हुनेछ । साँझ गजल सन्ध्यासँगै महोत्सव समापन हुने प्रतिष्ठानका अध्यक्ष थाम्सुहाङले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    छ महिनामा दुई हजार छ सय पर्यटकले गरे शुक्लाफाँटा भ्रमण
    उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा
    दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका
    • आज अन्तरराष्ट्रिय ज्याज दिवस मनाइँदै
    • लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
    • सेवा प्रवाहमा देखिएका अवरोध हटाउन अध्यादेश ल्याइएको होः सल्लाहकार शाह
    • हात्तीको आक्रमणबाट दुई जना घाइते

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.