सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सभ्य बन्दै होली


  •    न्युजभित्तो/१२ चैत्र २०८०, सोमबार १४:२७ 
  • काठमाडौ, १२ चैत । बाटोमा हिँड्दै गर्दा अचानक छातीमा लोला प्रहार भयो । कोटेश्वरकी भावना खड्कालाई त्यो प्रहारले केहीबेर निकै पीडा दियो । सम्हालिए घरतर्फ जान पनि गाह्रो भयो । “लोला कहाँबाट कसले हान्यो थाहा छैन । लोला प्रहारले निकै पीडा दियो”, खड्काले पाँच वर्षअघिको अनुभव सुनाउनुभयो । उहाँको स्मृतिमा त्यो पीडा अहिले पनि ताजै छ ।

    “अरुलाई पीडा दिने गरी लोला हानेर बुरा नमानो होली है भन्नु राम्रो होइन । अरुलाई दुःख दिएर होली कसरी सद्भावको पर्व बन्ला रु,” उहाँले भन्नुभयो । तर अहिले समय फेरिएको छ । होली तुलनात्मकरुपमा सभ्य बन्दै गइरहेको उहाँको अनुभव छ । भावनाकै अनुभवमा होली पाँच वर्ष अघिको जस्तो छैन । होली मनाउने तरिका फेरिएको छ । मानिसहरुको शैली बदलिएको छ । आइतबार तीनकुनेस्थित खुल्ला चौरमा साथीसँग होली खेल्दै गरेकी उहाँलाई कुनै अपरिचितले रङ लगाइदेला र लोला हान्ला भन्न संशय थिएन । नेपाल प्रहरीले कसैलाई जबरजस्ती छुन नपाइने र अनुमति बिना होली खेल्न नहुने भन्दै कारबाही सुरु गरेपछि होली सभ्य बन्दै गएको उहाँको बुझाइ छ । 

    खड्कको जस्तै अनुभव छ, कीर्तिपुरका झरना मर्हजन र सिर्जना बस्नेतको । उहाँहरु दुवैजना होली खेल्न वसन्तुपुर पुग्नुभयो । तर बाटोमा कसैले दुव्र्यवहार गरेनन् । कसैले जवरजस्ती रङ दलेनन् । लोला हानेनन् । “अहिले त होली निकै अनुसाशित ढङ्गले खेल्न थालिएछ”, उहाँले भन्नुभयो, “सुरक्षित र सभ्य भएपछि थप रमाइलो पनि भएको छ ।”आइतबार होली खेल्न वसन्तपुर पुग्नुभएकी झापाकी जुना विश्वकर्मा पनि होलीमा कसैले दुव्र्यवहार नगरेको बताउनुभयो । “होस्टेलमा बस्ने हाम्रा लागि होस्टेलको नियम पनि मान्नुपर्छ । खुलेर होली खेल्ने छुट थिएन । तर पनि वसन्तपुर पुगेर राम्रोसँग मनाउन पाइयो”, उहाँले भन्नुभयो । उहाँले राति अबेरसम्म साथीहरुसँग रङ खेलेर होली मनाउनुभयो । 

    “प्रहरीको उपस्थिति र निगरानी पनि राम्रो थियो । यसले हामीलाई निर्धक्कसँग होली खेल्न सहज भयो”, उहाँले भन्नुभयो, “विगतमा होली खेल्न जाँदा केटाहरुलाई सुरक्षा गार्ड बनाएर हिँड्नु पर्दथ्यो । केटी मात्रै देख्यो त समाएर जथाभावी रङ दलेर दुख दिन्थे ।” तर यसपाली कसैको साहरा बिना होली खेलेको उहाँले सुनाउनुभयो । होस्टेलका केटी साथी मिलेर स्वतन्त्र रुपमा होली खेलेको जुना बताउनुहुन्छ । “होली खेल्नु पर्छ तर गलत मनसायले छोएको कसलाई मन पर्छ र रु”, उहाँले भन्नुभयो, “यसपाली होली मर्यादित रुपमा खेलिएको महसुस गरेकी छु ।”

    समाजशास्त्री मीना पौडेल पहिले होलीपर्व सुन्दै डराउनुहुन्थ्यो । खेल्ने र रमाइलो गर्ने त कुरै रहेन । उहाँसँग पर्वका नाममा गरिएको दुव्र्यवहारको पीडादायी अनुभव छ । विसं २०४२ सालमा क्याम्पस पढ्न काठमाडौँ आएको वर्षको होलीले उहाँलाई तर्साएको हो । “रत्नपार्कतर्फ जाँदै थिएँ, दूधको प्याकेटमा ढलको पानी मिसाएर मुखैभरी छ्यापे । त्यतिबेला सहनु बाहेक केही विकल्प थिएन”, उहाँले सुनाउनुभयो । मीनालाई उक्त घटनाको असर आजसम्म पनि उत्तिकै छ ।

    तर, अहिले समय बदलिएको छ । समाज सभ्य बन्दै गएको सङ्केत होली पर्वबाट महसुस हुने उहाँको भनाइ छ । विगतमा होली पर्व नाममा महिलामाथि कुदुष्टि राख्ने गरिन्थ्यो भने अहिले मित्रवत र मर्यादित व्यवहार गर्ने शैली बढेको छ । “अचेलका युवा पुस्ता चेतनशील हुँदैछन् भन्ने सङ्केत पनि हो”, उहाँले भन्नुभयो, “यसको कारण प्रहरी प्रशासनको कडाइ पनि हो ।”काठमाडौ उपत्यका प्रहरी कार्यालयका वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनाली विगतको तुलनामा होली खेल्ने शैलीमा निकै सुधार आएको बताउनुहुन्छ ।होली पर्व सभ्य बनाउनकै लागि उपत्यकामा उल्लेख्य मात्रामा सुरक्षाकर्मी खटिएका थिए । सादा पोशाकमा प्रहरी परिचालनदेखि ड्रोन र सिसी क्यामरामार्फत निगरानी गरिएको उहाँले जानकारी दिनुभयो । ललितपुरमा भएको दुर्घटनाबाहेक अन्यत्र मर्यादितरुपमा होली मनाइएको उहाँको भनाइ छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    यस्तो छ प्रहरीको चाडपर्वलक्षित विशेष सुरक्षा योजना
    तिहार पर्व सुरु, मिथिलामा धनतेरस
    प्रधानमन्त्री राहत कोषमा मौज्दात १८ अर्ब ३७ करोड नाघ्यो
    • एनएमबि बैंकको नाफा २७.११ प्रतिशतले बढ्यो; प्रतिशेयर आम्दानी र बाँड्न मिल्ने नाफामा सुधार
    • तिहारमा आम्दानी गर्ने सपना वर्षाले चुँडायो, चितवनमा ७० प्रतिशतसम्म सयपत्री फूल नष्ट
    • चितवनमा प्रतिबन्धित माउर माछापालन नष्ट गर्न प्रशासनको निर्देशन
    • धान नफलेपछि चितवनको माडीका किसान चिन्तित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.