समाज

प्रहरी सेवापछि व्यावसायिक खेतीमा पदम
-न्युजभित्तो

बनियानी (झापा), ४ भदौ । यहाँको कचनकवल गाउँपालिका(६ कार्कीझोडाका पदम गौतम ९खत्री० अहिले व्यावसायिक कृषि कर्ममा लाग्नुभएको छ । करिब २५ वर्ष नेपाल प्रहरीमा सेवा गरेर अवकाश पाएपछि जीवनको दोस्रो अध्यायका रूपमा उहाँले कृषिलाई अगाल्नुभएको हो ।  विसं २०७४ मा...

अवरुद्ध काठमाडौँ–मन्थली सडक एकतर्फी खुल्यो
-न्युजभित्तो

मन्थली (रामेछाप), ४ भदौ । रामेछापको लिखु तामाकोशी गाउँपालिका–७ स्थित हलेदेमा सडक मर्मतपछि एकतर्फी यातायात सञ्चालनमा आएको छ । पहिरोका कारण आज बिहानदेखि अवरुद्ध सडक सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिनुभयो । काठमाडौँबाट दोलखाको चरिकोट, तामाकोशी हुँदै...

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ
-न्युजभित्तो

कीर्तिपुर (काठमाडौँ), ४ भदौ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी क्षेत्रलाई लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको बताउनुभएको छ ।  कलंकी होटल एण्ड गेष्ट हाउस एशोसिएशनको १३औँ वार्षिक  साधारणसभामा  उहाँले सरकारले होटेल आदि चलाएर साध्य हुँदैन...

कर्णाली जनताको बलिदानबाट जन्मेको प्रदेश हो
-न्युजभित्तो

कर्णाली, ४ भदौ । कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले यहाँका जनताको त्याग र बलिदानबाट कर्णाली प्रदेशको जन्म भएको बताउनुभएको छ ।  कर्णाली प्रदेश स्थापना तथा सहिद दिवस–२०८२ को मूल समारोहलाई सम्बोधन गर्दै उहाँले प्रदेश स्थापनार्थ आफ्नो जीवन उत्सर्ग गर्ने सहिदहरूले...

झापाका सुधार केन्द्रमा आठ सयभन्दा बढी युवा
-न्युजभित्तो

झापा, ४ भदौ । लागुऔषधको दुर्व्यसनमा फसेका आठ सय ४५ युवा झापाका विभिन्न सुधार (पुनःस्थापना) केन्द्रमा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लामा रहेका २७ वटा पुनःस्थापना केन्द्रमा अहिले आठ सय ४५ जना लागुऔषधको दुव्र्यसनमा फसेका युवा छन् ।...

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
-न्युजभित्तो

काभ्रेपलाञ्चोक, ४ भदौ । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ । पाँचखालतर्फ गइरहेको ट्रकले उहाँलाई ठक्कर दिँदा उहाँको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौँबाट कोशीपारितर्फ...

भोजपुरको ‘किरातेश्वर ढुङ्गे बगैँचा’ पर्यटकको आकर्षणको केन्द्र बन्दै
-न्युजभित्तो

भोजपुर, ४ भदौ । टेम्केमैयुङ गाउँपालिका–९ स्थित किरातेश्वर ढुङ्गे बगैँचा पर्यटकको रोजाइको गन्तव्य बनेको छ । यो स्थानमा पर्यटक आकर्षित गर्न पदमार्गलगायत भौतिक संरचना निर्माण गरिएको छ । यहाँका तीन ऐतिहासिक क्षेत्र किरातेश्वर ढुङ्गे बगैँचा, पाँचधारे पोखरी र सिंहदेवीलाई एकीकृत...

मनसुन क्रमशः कमजोर हुँदै
-न्युजभित्तो

काठमाडौँ, ४ भदौ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जनाउँदै मौसम पूर्वानुमान महाशाखाले देशमा मनसुन केही कमजोर हुँदै रहेको बताएको छ । यद्यपि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रने क्रम जारी छ । आज दिउँसो लुम्बिनी, कर्णाली...

कञ्चनपुरमा ३९ सय मिटर सिँचाइ कुलो निर्माण
-न्युजभित्तो

दोधारा चाँदनी (कञ्चनपुर), ४ भदौ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय कञ्चनपुरले गत आर्थिक वर्षमा तीन हजार नौ सय मिटर सिचाँइ कुलो निर्माण गरेको छ ।  कार्यालयले जिल्लामा ठेक्का र उपभोक्ता समितिमार्फत कुलो निर्माण गरेको डिभिजन प्रमुख महादेव विष्टले...

अझै जीवित छ एक हजार वर्ष पुरानो ‘गाउँ पूजा’
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), ४ भदौ । अर्ध नग्न शरीर, मोसोले छोपिएको अनुहार र छाति, कम्मरमा सेतो कपडा बाँधेर हातमा धुपीको हाँगो समातेर केही युवा दौडिँदै थिए । ती युवाका पछि ढ्याङ्ग्रो ठट्याउँदै आइरहेका थिए, झाँक्रीहरु । माथिदेखि दौडिँदै आएको झाँक्री...