समाज

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध ३० गते नेपाल बन्द
-न्युजभित्तो

काठमाडौं,२५ कात्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध नेत्रविक्रम चन्द (विप्लव)नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले कार्तिक ३० गते नेपाल बन्दको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले ६ दिने देशव्यापी आन्दोलनको घोषणा गरेको छ । जस अन्तर्गत ३० गते नेपाल...

‘जनगणना राष्ट्रिय विकासको मेरुदण्ड’: मुख्यमन्त्री शाही
-न्युजभित्तो

कर्णाली, २५ कात्तिक । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनगणना राष्ट्रिय विकासको मेरुदण्ड भएको बताउनुभएको छ । सुर्खेतस्थित कर्णाली प्रदेश जनगणना कार्यालयद्वारा वीरेन्द्रनरगरमा आयोजित ‘१२औँ राष्ट्रिय जनगणना २०७८’ शुभारम्भ तथा प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले जनगणना कुनैपनि देशका लागि...

प्रदेश २ मा आज सार्वजनिक बिदा
-न्युजभित्तो

धनुषा, २५ कात्तिक । प्रदेश २ सरकारले आज सार्वजनिक बिदा दिएको छ । छठ पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । प्रदेश २ सरकारले प्रकाशन गरेको राजपत्रमा आज सार्वजनिक बिदा उल्लेख छ । प्रदेशभित्र मनाइने चाडपर्वमा...

पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरूद्ध विद्यार्थी आन्दोलित,
-न्युजभित्तो

बुटवल,२५ कात्तिक । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरूद्ध विद्यार्थीहरु आन्दोलित भएका छन् । बुधबार रातिदेखि लागू हुनेगरी भएको मूल्यवृद्धि विरुद्ध बुटवलमा विद्यार्थीले चक्काजाम गरेका छन्। नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्याँसमा गरेको मूल्यवृद्धिको विरोध गर्दै नेकपा एमाले निकट अनेरास्ववियु रूपन्देहीले...

रोजगारी गुमेका अतिविपन्न ५ लाख परिवारलाई निवेदनको आह्वान
-न्युजभित्तो

काठमाडौँ, २५ कात्तिक । सरकारले कोरोना महामारीको समयमा रोजगारी गुमाएकै कारण जीविकोपार्जनको गर्न कठिन भएका अति विपन्न पाँच लाख परिवारलाई राहत रकम लिनका निवेदन दिन आह्वान गरेको छ। सरकारले राहतस्वरूप रोजगारी र आयआर्जनका अवसर गुमाएका अनौपचारिक तथा असंगठित क्षेत्रका अति...

दुर्घटनामा दुईको मृत्यु
-न्युजभित्तो

राजविराज, २५ कात्तिक  ।  पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकास्थित बरमझियामा आज बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ग१ख ९६४२ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बीआर३६आर ८१७३ नम्बरको भारतीय मोटरसाइकललाई ठक्कर दिँदा...

एमालेको नेतृत्व चयन सहमतिमै : सचिव ज्ञवाली
-न्युजभित्तो

चितवन, २५ कात्तिक ।  नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले एमालेको १०औँ महाधिवेशनले सर्वसम्मत नेतृत्व चयन गर्ने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुरा गर्दै उहाँले अध्यक्षलगायत अधिकांश पदमा सर्वसम्मत गरिने बताउनुभएको हो । सचिव ज्ञावलीले भन्नुभयो, “अध्यक्षलगायत अधिकांश पदमा...

महागुरु फाल्गुनन्दको १३७औँ जन्मजयन्ती मनाइँदै
-न्युजभित्तो

पाँचथर, २५ कात्तिक । किराँत धर्मगुरु फाल्गुनन्द लिङ्देनको १३७औँ जन्मजयन्ती विभिन्न कार्यक्रमका साथ आज मनाइँदै छ । महागुरु फाल्गुनन्दको जन्मजयन्तीका अवसरमा उहाँको जन्मभूमि इलाम, साधना तथा देहवसानस्थल पाँचथरसहित किराँती समुदायको बसोबास रहेका स्थानमा धुमधामका साथ जन्मजयन्ती मनाइँदै छ । जन्मजयन्तीका...

वर्षाले अन्नबालीमा मात्रै बैतडीमा दुई करोड बढीको क्षति
-न्युजभित्तो

बैतडी, २५ कात्तिक । अविरल वर्षाका कारण बैतडीमा दुई करोडभन्दा बढीको धानबाली र तरकारीमा क्षति भएको छ । गत असोज ३१ देखि यही कात्तिक ३ गतेसम्म परेको वर्षाका कारण सोे क्षति भएको हो । जिल्लाका १० स्थानीय तहहरुमध्ये छ स्थानीय...

इजलास बसे पनि वकिलहरूले बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बहस पैरवी नगर्ने
-न्युजभित्तो

काठमाडौ,२५ कात्तिक। सर्वोच्च अदालतका असन्तुष्ट न्यायाधीशहरु इजलासमा फर्के पनि कानून व्यवसायीहरु बहस पैरवीमा नजाने भएका छन् । असन्तुष्ट न्यायाधीशहरुमध्ये केही इजलासमा फर्किने संकेत मिलेको भन्दै नेपाल बार एसोसिएसनले त्यस्तो अवस्थामा ‘बन्दी प्रत्यक्षीकरण’ बाहेकका कुनै निवेदनमा सुनुवाइ नगर्ने भएको हो...