चितवन सेरोफेरो

असार १५ देखि चितवन राष्ट्रिय निकुञ्जभित्र ३ महिनासम्म जिप सफारी बन्द हुने
-न्युजभित्तो

चितवन, ९ असार । वर्षायाम सुरु भएसँगै चितवन राष्ट्रिय निकुञ्जभित्र यही असार १५ गतेदेखि जिप सफारी बन्द हुने भएको छ । निकुञ्जले हरेक वर्ष असार १५ देखि करिब तीन महिना निकुञ्जभित्र जिप सफारी बन्द गर्दै आएको छ । गत...

चितवन निकुञ्ज वरपर चोरीसिकारी नियन्त्रण गर्न ‘स्पाई क्यामेरा’ जडान
-न्युजभित्तो

चितवन, ९ असार । चितवन राष्ट्रिय निकुञ्जले सम्भावित चोरीसिकारी नियन्त्रणका लागि ‘स्पाई क्यामेरा’ जडान गरेको छ । निकुञ्जको संवेदनशील क्षेत्रमा यो क्यामेरा जडान गरिएको हो । निकुञ्जका सूचना अधिकारी अबिनास थापामगरका अनुसार मनसुन सुरु भएसँगै निकुञ्जका हरेक क्षेत्रमा मानवीय...

भरतपुर महानगरको बजेट रु पाँच अर्ब १९ करोड बढी
-न्युजभित्तो

चितवन, ८ असार । भरतपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि रु पाँच अर्ब १९ करोड ७१ लाख ६६ हजार बजेट प्रस्तुत गरेको छ । महानगरको १७औँ नगरसभामा उपप्रमुख चित्रसेन अधिकारीले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्नुभएको...

भरतपुर महानगरको हरियालीसँगै वरपीपल रोप्ने अभियान
-न्युजभित्तो

चितवन, ८ असार । भरतपुर महानगरपालिकाले समृद्ध, स्वच्छ, सफा, हरियालीयुक्त र सुरक्षित सहर निर्माणलाई प्राथमिकतामा राखेको छ । महानगर प्रमुख रेनु दाहालले आज १७ औँ नगरसभामा प्रस्तुत गरेको नीति तथा कार्यक्रममा महानगरपालिकाले पूर्वाधार निर्माणलाई निरन्तरता दिदै हरियाली प्रर्वधन र...

मुग्लिन-मलेखु सडकखण्ड आजदेखि रातिमा बन्द नहुने
-न्युजभित्तो

चितवन, ८ असार । मुग्लिन(मलेखु सडकखण्डको चारवटा पुलमा आरसिसी बिम (गर्डर) राख्ने काम आज बिहान सम्पन्न भएको छ । यससँगै आजदेखि रातिको समयमा सडक आवागमन नरोकिने भएको हो । पृथ्वी राजमार्गको नैबिसे-मलेखु सडकको एउटा पुलमा गर्डर राख्नुपर्ने भएकाले उक्त खण्ड...

कालिका नगरपालिकाको नयाँ बजेटः किसानलाई कम शुल्क, स्वास्थ्य सेवा विस्तार
-न्युजभित्तो

नारायणगढ (चितवन), ५ असार । चितवनको कालिका नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि रु ९५ करोड सात लाख २० हजारको बजेट सार्वजनिक गरेको छ । बुधबार सम्पन्न सातौँ नगरसभामा उपप्रमुख बिमला तामाङले रु सात करोड आन्तरिक आम्दानी र सङ्घीय...

चितवनको माडीमा प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध
-न्युजभित्तो

चितवन, ४ असार । यहाँको माडी नगरपालिकाले प्लाष्टिकजन्य सामग्री प्रयोगमा प्रतिबन्ध लगाएको छ । पालिकाको ४३ औं कार्यपालिका बैठकले वातावरण प्रदुषण नियन्त्रणका लागि प्लाष्टिकजन्य सामग्रीमा रोक लगाउने निर्णय गरेको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जगतप्रसाद भुसालका अनुसार प्लाष्टिकजन्य वस्तुका...

राप्ती नगरपालिकामा पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा
-न्युजभित्तो

चितवन, ४ असार । राप्ती नगरपालिकाले ज्यालादारी कर्मचारी हटाएपछि पाँच स्वास्थ्य केन्द्र र एम्बुलेन्स सेवा बन्द भएको छ । नगरप्रमुख शमशेर लामाले स्रोतको अभावका कारण ७२ जना दैनिक ज्यालादारी कर्मचारी हटाइएसँगै स्वास्थ्यलगायत क्षेत्रमा समस्या उत्पन्न भएको बताए । विकट पहाडी...

पहिरो हटाएपछि नारायणगढ–मुग्लिन सडक खण्ड एकतर्फी संचालनमा
-न्युजभित्तो

चितवन, ३ असार । पहिरोले अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड ४ घण्टापछि संचालनमा आएको छ । इच्छाकामना गाउँपालिका–५, तुईन खोलास्थित खसेको पहिरो अपरान्ह ४ बजे हटाएपछि एकतर्फी संचालनमा आएको हो । गयराति पानी परेपछि आज सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध...

सुक्खा पहिरो खसेर नारायणघाट-मुग्लिन सडक अवरुद्ध
-न्युजभित्तो

चितवन, ३ असार । नारायणघाट(मुग्लिन सडकको तुईन खोला पुल नजिकै सुक्खा पहिरो खसेर यातायात अवरुद्ध भएको छ। मंगलबार मध्यान्ह १२ बजेतिर सुक्खा पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक गायत्री शर्माले जानकारी दिए। नयाँ पुल निर्माण गर्नेक्रममा...