सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान


  •    न्युजभित्तो/२१ जेष्ठ २०८३, बिहीबार १६:३० 
  • नेपालगञ्ज, २१ जेठ । नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ । बढ्दो गर्मीका कारण नेपालगञ्ज क्षेत्रमा चराचुरुङ्गी पानीको अभावले सङ्कटमा पर्ने भन्दै यहाँका केही युवाले अभियान सुरु गरेका हुन् । 

    नेपालगञ्ज ग्यालरीका महेश श्रेष्ठले फालिएका प्लास्टिकका बोतलबाट चराचुरुङ्गीका लागि पानी पिउने व्यवस्था सुरु गरिएको जानकारी दिनुभयो ।  सार्वजनिक स्थानमा फालिएका प्लास्टिकका बोतल पुनःप्रयोग गरी विभिन्न स्थानमा चराचुरुङ्गीका लागि पानी राख्ने भाँडो तयार गरेर चराचुरुङ्गीलाई पानी दिन थालिएको उहाँको भनाइ छ । 

    यो अभियानमा जनावर अधिकारकर्मी सुवास साहु र वातावरण अभियन्ता हेमन्तराज काफ्लेसमेत सहभागी हुनुहुन्छ । अभियन्ता काफ्लेले गर्मीका बेला चराचुरुङ्गी, जनावर तथा कीरा फट्याङ्ग्राको जीवनप्रति संवेदनशील हुनुपर्ने उल्लेख गर्दै चराचुरुङ्गी, जनावर र कीरा पारिस्थितिक प्रणालीका महत्वपूर्ण अङ्ग भएको बताउनुभयो । 

    वातावरण संरक्षण र जैविक विविधता कायम राख्न यिनीहरूको भूमिका महत्वपूर्ण भएकाले यस्ता जीवको संरक्षण गर्नु साझा दायित्व भएको अभियन्ता काफ्लेले उल्लेख गर्नुभयो । “गर्मी झन बढ्दै गएको छ । त्यसैले यो कार्यक्रमलाई निरन्तर अघि लैजानुपर्छ”, उहाँले भन्नुभयो । बढदो गर्मीका कारण जलसतह घट्दै गएकाले चापकल ९धारा० मा पानी आउन कम हुँदै गएको बताउन्दै उहाँले रुखमा राखिएको पानी खाने भाडोमा चराले पानी खाइरहेको सुन्दर दृश्य अहिले देख्न थालिएको उल्लेख गर्नुभयो ।

    नेपालगञ्ज ग्यालरीका श्रेष्ठले बढ्दो गर्मीका कारण पानीको अभावमा चराचुरुङ्गी प्रभावित भइरहेका भन्दै फालिएका बोतलको पुनः प्रयोगमार्फत पानी पिउने व्यवस्था गरिएको उल्लेख गर्नुभयो । उहाँले आगामी दिनमा प्रत्येक शनिबार चराचुरुङ्गी र जनावरका लागि पानी पिउने भाँडो निर्माण तथा व्यवस्थापन गर्ने अभियानलाई निरन्तरता दिइने जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सुर्खेत रोडमा रहेका बोट तथा बिरुवामा त्यसरी राखिएको पानी राँझा चोकसम्म राख्ने लक्ष्य लिइएको छ । 

    स्थानीय रूपमा यस अभियानको प्रशंसा गर्दै घर, पसल तथा सार्वजनिक स्थानमा पानीको व्यवस्था गरेर चराचुरुङ्गी र अन्य जीवजन्तुको जीवन रक्षा गर्न सहयोग गर्नुपर्ने बताइएको छ । बढ्दो तापक्रम र जलवायु परिवर्तनको प्रभावबीच नेपालगञ्जमा सुरु भएको सो अभियानले मानव र प्रकृतिबीचको सहअस्तित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी
    गलेश्वरको सडक स्तरोन्नतिः स्लेट ढुङ्गा बिछ्याइयो
    नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
    • झापामा हुरी र वर्षाले केराखेती नष्ट
    • विपन्न समुदायका विद्यार्थीको भरोसा बन्दै ‘महाकाली बहुप्राविधिक शिक्षालय’
    • बालबालिकाको कला प्रदर्शनीमार्फत सामाजिक मुद्दा उजागर
    • विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.