सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन


  •    न्युजभित्तो/२५ जेष्ठ २०८३, सोमबार १६:५९ 
  • काठमाडौँ, २५ जेठ । काठमाडौँमा सोमबार जलवायु नवप्रवर्तन प्रवद्र्धन (एएफसिआइए) कार्यक्रमका सम्बन्धमा सरोकारवालाबीच छलफल भएको छ ।  

    संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) र कृषि, वन तथा पर्यावरण मन्त्रालयको सहकार्यमा छलफलको आयोजना भएको हो । जलवायु उत्थानशीलता र खाद्य सुरक्षा सुदृढ गर्ने उद्देश्यले छलफल कार्यक्रमको आयोजना गरिएको हो ।  

    कृषि, वन तथा पर्यावरण मन्त्रालयका  सचिव डा गोविन्दप्रसाद शर्माले नेपालमा स्थानीय आवश्यकता अनुरूपका दिगो जलवायु अनुकूलन समाधान विस्तार गर्न आवश्यक रहेको बताउनुभयो । 

    उहाँले डब्लुएफपीसँगको सहकार्यले नवप्रवर्तकलाई सशक्त बनाउँदै कृषि प्रणाली र जोखिममा रहेका समुदायको उत्थानशीलता बढाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

    डब्लुएफपिका नेपालस्थित देशीय निर्देशक रियाज लोधीले जलवायुजन्य विपद्का चुनौतीसँग जुध्न नवप्रवर्तनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । 

    डब्लुएफपी नेपालका कार्यक्रम उपप्रमुख कृष्ण योगीले सौर्य ऊर्जामा आधारित सिँचाइ प्रणाली, स्वच्छ ऊर्जा प्रविधि, किसानका लागि ‘डिजिटल’ परामर्श सेवा, उपग्रहमा आधारित बीमा तथा जलवायु सूचना प्रणाली, साथै साना किसानका लागि बजार तथा मूल्य शृङ्खला नवप्रवर्तनलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । 

    नेपालका लागि बेलायती राजदूत रोब फेनले नेपाललाई जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’का रूपमा चित्रण गर्दै हिमाली क्षेत्रदेखि साना किसानसम्म स्थानीय ज्ञान र प्रविधिको संयोजनले रूपान्तरणकारी परिवर्तन सम्भव रहेको बताउनुभयो । 

    एएफसिआइए कार्यक्रमले प्राकृतिक स्रोत व्यवस्थापन, कृषि उत्पादन, वितरण र उपभोगसम्म सम्पूर्ण खाद्य प्रणालीलाई समेट्ने दृष्टिकोण अवलम्बन गरेको छ । यसले स्थानीय क्षमता अभिवृद्धि, साझेदारी प्रवद्र्धन तथा जलवायु उत्थानशील विकासका लक्ष्य हासिल गर्न सहयोग पु¥याउने विश्वास गरिएको छ ।

    जर्मनीस्थित डब्लुएफपी इनोभेसन एक्सेलेरेटरकी नवप्रवर्तन परामर्शदाता एसिया सुल्तानका अनुसार कार्यक्रमले प्रभावकारी र विस्तारयोग्य जलवायु अनुकूलन उपायहरूको विकासमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

    कार्यक्रममा जलवायुमैत्री समाधानलाई राष्ट्रिय स्तरमा विस्तार गर्ने, लगानी आकर्षित गर्ने तथा परीक्षण परियोजनालाई व्यापक प्रभावमा रूपान्तरण गर्ने विषयमा छलफल भएको थियो । 

    विश्व खाद्य कार्यक्रम विश्वकै सबैभन्दा ठूलो मानवीय सहायता संस्था हो, जसले विपद्, द्वन्द्व तथा जलवायु परिवर्तनबाट प्रभावित समुदायलाई खाद्य सहायता उपलब्ध गराउँदै दिगो विकास र समृद्धिको मार्ग निर्माणमा सहयोग गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बजेटले सही दिशा समातेको छ, कार्यान्वयन निर्णायक हुन्छः अध्यक्ष श्रेष्ठ
    नेपाल जलवायु अनुकूलन र नवप्रवर्तनका लागि ‘जीवित प्रयोगशाला’: बेलायती राजदूत रोब फेन
    विश्वविद्यालयको लक्ष्यमा अगाडि बढ्दै मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान
    • सफल हुन् सहजता त्याग्न सक्नुपर्छ: अभिनेता पीयुष मिश्रा
    • सुपारीखेतीमा इलामका किसानको लगाव
    • हरित कर र लगानी बढाउन आग्रह
    • विश्व ‘ब्रेन ट्युमर’ दिवसः नेपालमा बिरामी बढ्दै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.