banner news

उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत
-न्युजभित्तो

खोटाङ, ३१ जेठ । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको...

बन्द हुँदै चिया उद्योग, समस्यामा किसान
-न्युजभित्तो

इलाम, ३१ जेठ । भारतले नेपाली चियामा कडाइ गरेपछि इलामको सूर्योदय क्षेत्रका चिया उद्योग बन्द हुने भएका छन् । त्रिपन्न उद्योग आबद्ध रहेको सूर्योदय अर्थोडक्स टी प्रोड्युसर्स एसोसिएसन नेपालले आगामी असार १ गतेदेखि उद्योग बन्द गर्ने घोषणा गरेको छ...

दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-न्युजभित्तो

मुस्ताङ, ३१ जेठ । लोघेकर दामोदरकुण्डस्थित धार्मिक तीर्थस्थल दामोदरकुण्ड दर्शन गर्न जाने तीर्थयात्रीलाई लक्षित गरी दुई महिनाका लागि निःशुल्क भोजनसहित आवासको व्यवस्था गरिएको छ । समुद्री सतहको चार हजार ९९० मिटर उचाइमा अवस्थित प्रसिद्ध धार्मिकस्थल जाने पदमार्ग घिमेठाँटी र...

फोहरबाट रोजगारी र आम्दानी
-न्युजभित्तो

घोडाघोडी (कैलाली), ३१ जेठ । कैलालीको गोदावरी नगरपालिका–४ खैरानाका जङ्गबहादुर चौधरीले फोहर व्यवस्थापन क्षेत्रमा काम गर्न थालेको नौ वर्ष भएको छ । आठ वर्षसम्म नगरपालिकामार्फत फोहर व्यवस्थापन गर्दै आउनुभएका उहाँ अघिल्लो साउनदेखि गोदावरी नगरपालिकामा रहेको एकीकृत फोहर व्यवस्थापन केन्द्रमा...

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
-न्युजभित्तो

सुरुङ्गा (झापा), ३१ जेठ । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने...

एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-न्युजभित्तो

सिरहा, ३१ जेठ । सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको...

‘प्राज्ञिक अनुसन्धानले सुशासन र पारदर्शितामा सघाउँछ’
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । अनुसन्धान क्षेत्रका विज्ञहरूले प्राज्ञिक अनुसन्धानले देशको शैक्षिक विकासका अतिरिक्त मुलुकको बृहत्तर क्षेत्रको दिगो विकासका साथै सुशासन र पारदर्शीताको स्थापनामा समेत सहयोग पुर्‍याउने बताएका छन् । उनीहरुले वैज्ञानिक विधि अपनाएर गरिएका यस्ता अनुसन्धानहरुबाट प्राप्त निष्कर्ष एवं...

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ । कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो । प्रभातफेरीको समापनमा आयोगका अध्यक्ष माधव...

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ  ।  काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न  आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-न्युजभित्तो

राँझा (बाँके), ३१ जेठ । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले...