सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा


  •    न्युजभित्तो/३१ जेष्ठ २०८३, आईतवार ११:२५ 
  • काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ  । 

    काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न  आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित व्यक्तित्वहरुले पेसा र क्षेत्रको विकासका लागि मात्र नभई लोकतन्त्रको जगलाई बलियो बनाउन पनि योगदान पुग्ने बताउनुभयो ।  

    उहाँले भन्नुभयो, “राजनीतिलाई वास्तविक र सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्ने अहिलेको आवश्यकता हो । हामी सबै मिलेर यो बाटो बनाउन केही योगदान गरौँ ।” 

    त्यस अवसरमा पूर्वउपराष्ट्रपति परमानन्द झाले सम्मान ग्रहण गर्दै वडा कार्यालय नागरिकको सुखदुःखको  भएको धारणा राख्नुभयो । “वडाले सक्रिय जीवनपछि घरमा भएकालाई सार्वजनिक स्थलमा ल्याएर सम्मान गरेको छ”, झाले भन्नुभयो । 

    समाजको वास्तविक स्वरुप, त्यस क्षेत्रमा बसोबास गर्ने सर्जक, कलाकार, खेलाडी, राष्ट्रसेवक, स्वास्थ्यकर्मी जस्ता पेसाकर्मी, ज्येष्ठ नागरिक, उद्यमी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको व्यक्तित्वले बिम्बित गर्छ । कार्यक्रममा विभिन्न क्षेत्रका ७० व्यक्तिलाई सम्मान गरिएको थियो ।

    सबै पेसा र क्षेत्रमा योगदान दिने व्यक्तित्वहरु आफ्नो वडामा हुनुलाई आफूले वैभवका रुपमा लिएको बताउँदै वडाध्यक्ष एवं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सङ्गतले भन्नुभयो, “प्रतिशोध लिएरभन्दा स्वच्छ प्रतिस्पर्धा गरेर उन्नत समाज निर्माण गर्नुपर्नेछ ।” 

    त्यस अवसरमा वडाका ज्येष्ठ नागरिकहरू रत्नमान श्रेष्ठ, शारदामान राजभण्डारी, हिराबाबा श्रेष्ठ, ठूली सिलवाल, आशामरू सङ्गत, रामप्रसाद चौलागाईं र गणेश महर्जन सम्मानित हुनुभयो । राष्ट्रसेवक कर्मचारीहरू ज्ञानेन्द्रराज बैद्य, सुमन वैद्य, सानु डङ्गोल, नेत्र तिमल्सिना, जनकराज ढुङ्गाना, टङ्कमणि शर्मा र नवदत्त उपाध्यायलाई सम्मान प्रदान गरियो । खेलकुद विधामा कविराज नेगी, अदिप्शा बैद्य, उदयमान श्रेष्ठ, मनिष सेढाईँ, प्रशान्तमान श्रेष्ठ र सुरेन्द्र डङ्गोल रञ्जनमान श्रेष्ठलाई सम्मान गरिएको थियो । 

    त्यस्तै, धर्म संस्कृति विधामा संस्कृतिविद् मुकुन्द वैद्य, पुजारी मृत्युञ्जय कर्माचार्य, डा केदारमान भण्डारी, बाजागुरूहरू समिर सङ्गत, रामकृष्ण डङ्गोल, भाइराजा डङ्गोल, राजेश सङ्गत, समाजसेवीहरू रामकुमार श्रेष्ठ र अनन्तप्रसाद भेटवाललगायतलाई सम्मान प्रदान गरियो । 

    कला साहित्य विधातर्फ राजेश मानन्धर, अजित गौतम, सरिता मिश्र, महेश्वर राजभण्डारी, अच्युतराम भण्डारी, नरेन्द्रराज शर्मा, उद्धवप्रसाद भट्टराई र सजल राजभण्डारी सम्मानित हुनुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.