सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

उत्कृष्ट तीन कर्मचारीसहित आठ पुरस्कृत


  •    न्युजभित्तो/३१ जेष्ठ २०८३, आईतवार ११:४७ 
  • खोटाङ, ३१ जेठ । जन्तेढुङ्गा गाउँपालिकाले यस वर्षको ‘वर्ष उत्कृष्ट कर्मचारी पुरस्कार’ तीन कर्मचारीलाई प्रदान गरेको छ । पुरुष कर्मचारीतर्फ गाउँपालिकाको कार्यालय चिसापानीमा कार्यरत अधिकृत छैटौँ भीम मगर, महिला कर्मचारीतर्फ वडा कार्यालय बोपुङमा कार्यरत वडासचिव जिना राई र गाउँपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी दिनेश विष्ट पुरस्कृत हुनुभएको हो ।

    पुरस्कृत हुने कर्मचारी तथा कार्यालय सहयोगीलाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत विनय निरौलाले जानकारी दिनुभयो । गाउँपालिकाले शनिबार आयोजना गरेको सार्वजनिक सुनुवाइ तथा पुरस्कार वितरण कार्यक्रममा उत्कृष्ट अङ्क ल्याएर माध्यमिक परीक्षा (एसइई) उत्तीर्ण गर्ने छात्रछात्रासहित पाँच विद्यार्थीलाई पनि पुरस्कृत गरेको छ ।

    गत वर्ष सम्पन्न एसइईमा ३।५१ जिपिए ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी मावि बोपुङका छात्रा दीपशिखा राई र ३।३२ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका सुनिल कटवाललाई जनही रु १० हजारका साथमा प्रमाणपत्रसहित पुरस्कृत गरिएको छ । यस्तै, जिल्लास्तरीय परीक्षा ९डिएलइ०मा उत्कृष्ट अङ्क ल्याएर उत्तीर्ण गर्ने तीन विद्यार्थीलाई समेत पुरस्कृत गरिएको छ ।

    डिएलइमा ३।६२ जिपिएर ल्याएर उत्तीर्ण गर्ने सिंहदेवी माविकी ग्रिष्मा राई र ३।६ जिपिए अङ्क ल्याएर उत्तीर्ण गर्ने सोही विद्यालयका अविनाश राई, चिसापानी नमूना माविका छात्र संयोग पोखरेललाई जनही रु १० हजारका साथमा प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

    उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा उत्कृत्ट अङ्क ल्याएर परक्षा उत्तीर्ण गर्ने विद्यार्थीहरुलाई गाउँपालिका प्रमुख अरुणादेवी राई, उपप्रमुख खेमबहादुर खड्का र प्रमुख प्रशासकीय अधिकृत सुमन गुराइँले पुरस्कृत वितरण गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.