banner news
काठमाडौँ, १ असार । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गरी मनाइने सोमबारे औँसी आज बिहान मौन स्नान गरी मनाइएको छ । सोमबार औँसी परेका दिन बिहान नबोली स्नान गर्ने वैदिक सनातन धर्मावलम्बीको प्राचीनकालदेखिको परम्परा रही आएको छ ।...
मान्म (कालीकोट), १ असार । कालीकोटको दुर्गम गाउँ पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका छन् । पलाँता गाउँपालिका–४ छलाहाँमा गत जेठ ३० र ३१ गते सञ्चालित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका पाएको...
काठमाडौ, १ असार । अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ । अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार...
काठमाडौँ, १ असार । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत समूह ‘एफ’को खेलमा स्वीडेनले ट्युनिसियामाथि जित निकालेको छ । मेक्सिकोको मोन्टेरे रङ्गशालामा आज भएको खेलमा स्वीडेनले ट्युनिसियामाथि ५-१ गोलको जित निकालेको हो । स्वीडेनका लागि यासिन अयारीले दुई गोल गर्दा अलेज्यान्डर इसाक,...
चितवन, १ असार । पछिल्लो ४५ वर्षयता चतवन राष्ट्रिय निकुञ्जमा रहेको घडियाल गोही प्रजनन केन्द्रमा हुर्काइएका दुई हजार ३१५ गोहीलाई नदीमा छाडिएको छ । केन्द्रका अनुसार सन् १९८१ यता विभिन्न आठ वटा नदीमा ती गोहीलाई छाडिएको हो । केन्द्रका अनुसार...
रसुवा, १ असार । मानसरोवर–कैलास जान लागेका तीर्थयात्रीको नेपाल–चीन सीमा रसुवागढी नाकामा भीडभाड हुन थालेको छ । रसुवागढी नाका छोटो, सहज र सुविधाजनक हुनेहुँदा विदेशी तथा नेपाली यात्रुको चाप उल्लेखनीय रूपमा वृद्धि भएको हो । अध्यागमन कार्यालय रसुवागढीका प्रमुख यादव...
पर्वत, १ असार । फलेवासका छविलाल पौडेलले केरा, खर्बुजा र काक्राको बीउ बिक्रीबाट वार्षिक रु १२ लाख आम्दानी गर्नुभएको छ । कालीगण्डकी नदी किनारमा रहेको उहाँको घर वरिपरिको झण्डै ७० रोपनी जग्गामा रु ४० लाख लगानीबाट सो आम्दानी गर्नुभएको हो...
काठमाडौँ, ३१ जेठ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु एक हजार २०० ले बढेको छ । गत शुक्रबार प्रतितोला रु दुई लाख ९२ हजारमा कारोबार भएको छापावाला सुनको मोल आज रु दुई लाख ९३ हजार २०० निर्धारण...
काठमाडौँ, ३१ जेठ । लोक सेवा आयोगले मुलुकको सार्वजनिक प्रशासनमा योग्यता, निष्पक्षता र प्रतिस्पर्धाका आधारमा सक्षम जनशक्ति छनोट गर्दै आएको छ । आयोगले गर्दै आएका कार्यले सार्वजनिक सेवामा दक्ष जनशक्ति व्यवस्थापन, प्रविधिमैत्री परीक्षा प्रणाली, समावेशी प्रतिनिधित्व तथा सेवा प्रवाहको...
त्रिवेणी (नवलपरासी), ३१ जेठ । पहाडी क्षेत्रमा पर्ने बौदीकाली गाउँपालिकामा विपन्न परिवारलाई आयआर्जनसँग जोड्न भैँसीको पाडी अनुदानमा वितरण गरिएको छ । बौदीकाली–२ डेढगाउँका १५ परिवारलाई पाडी वितरण गरिएको हो । गाउँपालिकाका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष श्यामसुन्दर श्रेष्ठका...















