सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

नेत्रज्योति विशिष्ट सम्मानबाट रेसुङ्गा नगरपालिका सम्मानित


  •    न्युजभित्तो/१ असार २०८३, सोमबार ११:२३ 
  • काठमाडौ, १ असार । अन्धोपन निवारणका लगि आँखा उपचार सेवामा अतुलनीय योगदान पु¥याएको जनाउँदै रेसुङ्गा नगरपालिकाले नेत्रज्योति विशिष्ट सम्मान प्राप्त गरेको छ ।

    अहिले नगर क्षेत्रमा आँखा उपचारको पहुँच सबै नागरिकमा पुगेको र आर्थिक अभावका कारण विशेष गरेर मोतियाविन्दुको उपचार गर्नबाट कोही पनि नागरिक वञ्चित हुनुपर्ने अवस्था नहेको बताइएको छ । आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।

    नेपाल नेत्रज्योति सङ्घको ३० आँै केन्द्रीय सभाको अधिवेशनमा सङ्घका सस्थापक प्रा डा रामप्रसाद पोखरेल, कोशी प्रदेशसभाका उपसभामुख सिर्जना दनुवार, सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा चेतराज पन्तले रेसुङ्गा नगरप्रमुख खिलध्वज पन्थीलाई प्रदान गर्नुभयो ।

    सो अवसरमा नगरप्रमुख पन्थीले आफूले कार्यपालिकाको पहिलो बैठकबाट आँखा उपचार सेवा सबै नागरिकको पहुँचमा पु¥याउने निर्णय गरेको जानकारी दिँदै अहिले नगर क्षेत्रमा आर्थिक अभावका कारण नगरवासी आँखा उपचार सेवाबाट वञ्चित हुन नपरेको बताउनुभयो । उहाँले भन्नुभयो, “आँखा उपचारका लागि भैरहवा अथवा बुटवल झर्नुपर्ने सास्ती अन्त्य भएको छ ।”

    उहाँका अनुसार नगरपालिकाले गुल्मी अस्पतालमा मिर्गौलाका बिरामीको लागि डायलासिस सेवा सञ्चालन गर्न सहयोग गरेको छ । यसबाट हाल ४० जना बिरामी लाभान्वित भइराखेका छन् । साथै दम तथा निमोनियाका बिरामीका लागि नगरपालिकाले घर घरमा नै अक्सिजन कन्सटे«टर उपलब्ध गराइरहेको छ । यसबाट करिब २०० बिरामी लाभान्वित भएका जनाइको छ । सङ्घले सो सम्मान गोरखा नगरपालिकालाई पनि प्रदान गरेको थियो ।

    समाजसेवी सापकोटा सम्मानित

    सोही अवसरमा गुल्मीका समाजसेवी कृष्णहरि सापकोटालाई पनि नेत्रज्योति विशिष्ट सम्मान अर्पण गरिएको थियो । उहाँले मुसिकोट नगरपालिका वडा ७ स्थित एकरोपनी जमिन सहित जमिनमा साढेदुई तल्ला भवन बनाइ नेपाल नेत्रज्योती सङ्घ गुल्मीशाखालाई हस्तान्तरण गर्नुभएको थियो ।

    यसको मूल्य करिब रु दुई करोड ५० लाख बराबर रहेको जनाइएको छ । हाल सो भवनमा सङ्घद्वारा सञ्चालित आँखा उपचार केन्द्र सञ्चालित रहेको छ ।

    सो अवसरमा कोशी प्रदेशसभाका उपसभामुख दनुवार, सङ्घका केन्द्रीय अध्यक्ष प्रा डा पन्त, महासचिव भरतबहादुर चन्द र रेसुङ्गा नगरप्रमुख पन्थीले समाजसेवी सापकोटाको सहयोगलाई सबैलाई अनुकरणीय रहेको चर्चा गर्नुभयो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.