सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कालीकोटको पलाँतामा सञ्चालित स्वास्थ्य शिविर


  •    न्युजभित्तो/१ असार २०८३, सोमबार ११:२५ 
  • मान्म (कालीकोट), १ असार । कालीकोटको दुर्गम गाउँ पलाँतामा निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका छन् ।

    पलाँता गाउँपालिका–४ छलाहाँमा गत जेठ ३० र ३१ गते सञ्चालित निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविरबाट ७४६ जनाले उपचार सेवा पाएका पाएको जनाइएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटबाट खटिएको २५ सदस्यीय विशेषज्ञसहितको स्वास्थ्यकर्मीको टोलीले दुई स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । शिविरमा आठ जना विशेषज्ञ चिकित्सक सेवा प्रदान गरेको जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटले जनाएको छ ।

    शिविरमा परिवार योजना सेवा, सामान्य रोग उपचार, पाठेघरको मुखको क्यान्सर परीक्षण, भिडियो एक्सरे, दन्त सेवा, प्रयोगशाला सेवा, फिजियोथेरापी सेवा तथा निःशुल्क औषधि वितरणलगायतका सेवाहरू उपलब्ध गराइएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका कालीकोटका व्यवस्थापक डा रत्नवीर सुनारले बताउनुभयो ।

    शिविरमा पाठेघरको मुखको जाँच २११, प्रयोेगशाला सेवा ५१ जना, फिजियोथेरापी सेवा ५६ जना, युसजी सेवा, दुई ६२ जना र दन्त सेवा ४३ जनालाई गरिएको डा सुनारले बताउनुभयो । “शिविरमा दम, मुटुसम्बन्धी समस्या, उच्च रक्तचाप, मधुमेहलगायत नसर्ने रोगहरूको परीक्षण गरिएको छ”, उहाँले भन्नुभयो, “दुर्गम गाउँमा पहिलोपटक निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।” रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.