banner news
काठमाडौँ, ३ असार । प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ र स्पष्टीकरण कार्यसूची रहेको छ । आजको कार्यसूचीमा युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय,...
पर्वत, ३ असार । व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध ढुवानी गर्नका लागि अनुदान...
खोटाङ, ३ असार । खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ । दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक...
म्याग्दी, ३ असार । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फूलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला जोड्ने सडकको दरवाङ–फूलबारी खण्डमा मार्ग खुलेको १८ वर्षपछि स्तरोन्नति भएको छ । विसं २०६६ मा मार्ग खुलेको सडकको दरवाङ–फूलबारी खण्ड स्तरोन्नतिका लागि मालिका गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷८३...
पाँचथर, ३ असार । बाढीले बगाएको कुलो पुनर्निर्माण नहुँदा यहाँको माझीटारको फाँट चार वर्षदेखि बाँझिएको छ । खाद्यान्न र नगदेबाली उत्पादन गर्न नपाएपछि यहाँका बासिन्दाको जीविकोपार्जन कठिन बन्दै गएको छ । फिदिम नगरपालिका–४ र हिलिहाङ गाउँपालिका–७ को सीमास्थित तमोर नदी...
सिद्धार्थनगर (भैरहवा), ३ असार । लुम्बिनी प्रदेश सरकारले आगामी वर्षका लागि खानेपानी, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रलाई प्राथमिकता दिएको छ । लुम्बिनी प्रदेश सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्कीले पेस गर्नुभएको आर्थिक वर्ष २०८३÷८४ को बजेटमा...
काठमाडौँ, ३ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अध्ययन बिदा लिएर अध्ययन पूरा गरेपछि विश्वविद्यालयको सेवामा नफर्किएका प्राध्यापक तथा कर्मचारीलाई १५ दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ । त्रिविको अध्ययन बिदा सुव्यवस्थापन कार्यान्वयन समितिले बुधबार सार्वजनिक सूचना जारी गर्दै अध्ययन बिदा...
चितवन, ३ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले आज स्थापना दिवसको अवसरमा सो कुरा बाहिर ल्याएको हो । विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो...
काठमाडौँ, ३ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । सुन तोलामा रु एक हजार २०० र चाँदी रु १० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु दुई...
भोजपुर, ३ असार । पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मामा पिखुवा–भेडाबारी सिँचाइ कुलो निर्माणले स्थानीय किसानलाई राहत पुगेको छ । वर्षौँदेखि सिँचाइ अभावका कारण अकासे पानीमा मात्र निर्भर रहँदै आएका किसान अहिले नियमित पानीको पहुँचसँगै उत्साहित बनेका हुन् । सिँचाइ अभावका कारण खेतीयोग्य...















