सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माणको पहल


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार ११:२५ 
  • खोटाङ, ३ असार । खोटेहाङ गाउँपालिकाले खोटाङ र उदयपुर जोड्ने सुनकोशीस्थित फोक्सिङटारमा पक्कि पुल निर्माण गर्न जनस्तरबाट पहल सुरु गरेको छ ।

    दुई वर्षअघिको बाढीले बगाएर अलपत्र बनेको त्यस पुल पुनर्निर्माणका लागि सङ्घीय सरकारबाट बजेट विनियोजन नभएपछि स्थानीय सरकार, नागरिक समाज तथा सरोकारवाला निकायसँगको सहकार्यमा पुल निर्माणसम्बन्धी कार्य अघि बढेको हो ।

    तराईसँग सिधा यातायात सेवा जोड्ने फोक्सिङटारको पुल पुनर्निर्माण गर्न छिमेकी पालिकासँग समन्वय गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख उदिमबहादुर राईले जानकारी दिनुभयो । बाढीले उक्त पुल बगाएपछि पुनर्निर्माण गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बजेट व्यवस्थापनका लागि अर्थ मन्त्रालयसमक्ष माग गरेको थियो ।

    उहाँले भन्नुभयो, “स्थानीय सरकारले बजेट बनाइरहेका छन् । सबै स्थानीय तहसँग कुरा भएको छ । प्राविधिक मूल्याङ्कन गरेर पुनर्निर्माणको काम सुरु गर्छौँ ।”

    गाउँपालिकाको कार्यालयमा मङ्गलबार बसेको सर्वपक्षीय भेलाले गाउँपालिका प्रमुख राईको संयोजकत्वमा १५१ सदस्यीय फोक्सिङटार पुल पुनर्निर्माण पहल समिति गठन गरेको छ । समितिले फोक्सिङटार पुल पुनर्निर्माणका लागि आवश्यक बजेट उपलब्ध गराउन माथिल्लो तहको सरकारसँग ‘डेलिगेसन’ जाने र बजेट उपलब्ध नगराएको खण्डमा आफ्नै पहलमा पुनर्निर्माणको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

    कालोपत्रको काम भइरहेको सगरमाथा लोकमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकखण्डको फोक्सिङटारमा पक्की पुल नहुँदा जिल्लावासीले सास्ती भोग्दै आएका छन् । फोक्सिङटार पुल पुनर्निर्माणका लागि जिल्लास्थित सबै स्थानीय तह, जनप्रतिनिधि, कर्मचारी, शिक्षक, विभिन्न पेसा व्यवयसाय सञ्चालन गर्दै आएका जिल्लावासीसँग चन्दा सङ्कलन अभियान सञ्चालन गरिने जनाइएको छ ।

    जिल्लाका कर्मचारी र जनप्रतिनिधिले महिना दिनको तलब तथा सेवासुविधा जम्मा गरेको खण्डमा पुल पुनर्निर्माण गर्न सकिने सहभागीले बताएका छन् । जिल्लावासीको दैनिक जीवनसँग प्रत्यक्ष जोडिएको फोक्सिङटार पुल पुनर्निर्माणमा सङ्घीय सरकारले सहयोगको अपेक्षा गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले बताउनुभएको छ ।

    उहाँले भन्नुभयो, “बाढीले बगाएको फोक्सिङटार पुल पुनर्निर्माण गर्न करिब रु १५ करोड बजेट आवश्यक पर्ने अनुमान गरिएको छ । खोटेहाङ गाउँपालिका–९ लिच्किराम्चे र उदयपुरको रौतामाई गाउँपालिका–५ आँपटार जोड्ने पुल पुननिर्माण गर्न स्थानीयले यसअघिका सरकारलाई पनि निरन्तर ध्यानाकर्षण गराएका थिए ।

    करिव चार बर्षअघि निर्माण गरिएको पुल हस्तान्तरण नहुँदै २०७९ साल पुस ७ गतेदेखि सञ्चालनमा ल्याइएको थियो । दिक्तेल–गाईघाट सडकखण्ड (१०१ किलोमिटर) अन्तर्गत बनेको १२० मिटर लामो ‘आर्क’ डिजाइनको पक्की पुल बाढीले बगाएपछि बेलिब्रिज जडान गरी यातायात सञ्चालन हुँदैआएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.