सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषि विश्वविद्यालयमा १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार ११:१० 
  • चितवन, ३ असार । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरबाट १६ वर्षमा पाँच हजार ९०६ विद्यार्थी उत्तीर्ण भएका छन् । विश्वविद्यालयले आज  स्थापना दिवसको अवसरमा सो कुरा बाहिर ल्याएको हो । 

    विसं २०६७ असार ३ गते विश्वविद्यालय स्थापना भएको हो । सो विश्वविद्यालयमा स्नातक, स्नातकोत्तर र विद्यावारिधि पढाइ हुँदै आएको छ । 

    विश्वविद्यालयका रजिष्ट्रार प्रा डा सुविरसिंहले कृषि स्नातकमा तीन हजार १४ जना, कृषि स्नातकोत्तरमा ८८८ जना र कृषि विद्यावारिधिमा ५४ जना विद्यार्थी उत्तीर्ण भएका छन् भन्नुभयो । 

    यसैगरी, पशुचिकित्सा तथा पशुपालन स्नातकमा ३८८ जना, पशु चिकित्सा स्नातकोत्तरमा २०१ जना, पशुविज्ञान स्नातकोत्तरमा १११ जना र पशुचिकित्सा तथा पशुविज्ञान विद्यावारिधिमा १० जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

    प्रा डा सिंहले मत्स्यविज्ञान स्नातकमा ११३ जना, मत्स्यविज्ञान स्नातकोत्तरमा ५० जना र मत्स्यविज्ञान विद्यावारिधिमा चार जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

    यस्तै वनविज्ञान स्नातकमा ८९३ जना, स्नातकोत्तरमा १७६ जना र विद्यावारिधि चार जनाले उतिर्ण गरेका छन् । तीन वटै सङ्कायको स्नातकमा चार हजार ४०८ जना, स्नातकोत्तरमा १४२६ जना र विद्यावारिधिमा ७२ जना विद्यार्थी उत्तीर्ण भएका छन् । 

    पाँच हजार ९०६ जना उत्तीर्ण विद्यार्थीमध्ये अधिकांशजसो स्नातक, स्नातकोत्तर र विद्यावारिधिमा सोही विश्वविद्यालयका विद्यार्थी उत्तीर्ण भएका हुन् भने केही बाहिरी देशबाट पनि उत्तीर्ण भएका हुन् ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    चितवनबाट बाघ पर्सा पठाइयो
    मन्त्रालय र वैदेशिक रोजगार व्यवसायीबीच सहमति आन्दोलनका कार्यक्रम फिर्ता
    स्काउट विद्यार्थीलाई नेतृत्व विकास तालिम
    • विद्यालयका सवारीसाधनमा गति नियन्त्रण उपकरण जडान गरिँदै
    • ‘व्यावसायिक गतिविधि बढाउन र अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रलाई प्रोत्साहन आवश्यक’
    • न्यायालयप्रति पूर्ण विश्वास छः निवर्तमान सभापति देउवा
    • साइकल यात्राका माध्यमबाट गोरक्षतालको प्रवर्द्धन गरिँदै

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.