सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषकलाई विहादीको अनुदान


  •    न्युजभित्तो/३ असार २०८३, बुधबार ११:३० 
  • पर्वत, ३ असार । व्यावसायिक रुपमा पशुपालन गरी दूध उत्पादन गर्दै आएका कृषकलाई पर्वतको विहादी गाउँपालिकाले प्रतिलिटर सात रुपैयाँ ५० पैसा अनुदान दिने भएको छ । 

    गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत दूध ढुवानी गर्नका लागि अनुदान दिन थालेको हो । 

    दूध उत्पादन तथा बजारीकरणलाई प्रोत्साहन गर्दै  उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गर्न लागेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत थमनबहादुर रेश्मीले जानकारी दिनुभयो । 

    उत्पादित दूध ढुवानी गर्न कृषकलाई सहज होस् र दूध उत्पादनमा थप प्रोत्साहन मिलोस् भनेर अनुदान वितरण गर्न थालिएको गाउँपालिकाका अध्यक्ष परवीन गुरुङले जानकारी दिनुभयो । 

     पशु विकास शाखाले सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र सञ्चालनमा रहेका दूध सङ्कलन, ढुवानी तथा बिक्री–वितरण गर्ने सहकारी संस्था वा अन्य व्यावसायिक फार्मलाई अनुदान कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ । 

    अनुदान लिनका लागि सहकारी संस्थाले दर्ता, नवीकरण तथा कर चुक्ता प्रमाणपत्र, अनुदान कार्यक्रम सञ्चालन गर्ने निर्णयको प्रतिलिपि, दूध सङ्कलन गर्ने कृषकको नागरिकताको प्रतिलिपि, सम्बन्धित वडा कार्यालयको सिफारिस, चालु आवमा दूध सङ्कलन गरेको आधिकारिकता दूध बिक्री गरेको प्रमाण, गत आर्थिक वर्षको अनुदान रकम कृषकलाई उपलब्ध गराएको विवरण, सहकारीको लेखा प्रतिवेदन तथा राजस्व तिरेको रसिदलगायतका कागजात पेस गर्नुपर्ने व्यवस्था छ ।  

    विहादीमा सङ्कलन भएको दैनिक एक हजार लिटर दूध पालिकाको हुवास बजार र स्याङ्जाको वालिङमा बिक्री हुँदै आएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    बाढीबाट क्षति भएका सडक र पुल मर्मतलाई प्राथमिकता दिन आह्वान
    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    • वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.