सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन


  •    न्युजभित्तो/४ असार २०८३, बिहीबार १३:३४ 
  • काठमाडौँ, ४ असार । पूर्वाधार विकास मन्त्रालयका सचिव विश्वबाबु पुडासैनीसहितको टोलीले मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन खानेपानी संरचनाको स्थलगत अनुगमन गरेको छ ।

    टोलीले आज काठमाडौँको कपन र सुन्दरीजल क्षेत्रमा निर्माणाधीन खानेपानी आपूर्ति संरचनाको अवलोकन गर्दै आयोजनाको प्रगति समीक्षा गरेको थियो । अनुगमन टोलीमा आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठलगायत प्राविधिक तथा सम्बन्धित निकायका प्रतिनिधि सहभागी हुनुहुन्थ्यो ।

    अनुगमनका क्रममा सचिव पुडासैनीले निर्माण प्रगति, गुणस्तर, कार्यसम्पादन अवस्था तथा निर्धारित समयसीमाभित्र काम सम्पन्न गर्ने विषयमा जानकारी लिनुभएको छ ।

    उहाँले आयोजनाको गुणस्तर कायम राख्दै तोकिएको समयभित्र निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभयो ।

    सचिव पुडासैनी आयोजना समयमै सम्पन्न गरी नागरिकलाई गुणस्तरीय खानेपानी सेवा उपलब्ध गराउने जानकारी दिनुभयो ।

    आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख श्रेष्ठका अनुसार मेलम्चीको पानी काठमाडौँ उपत्यकामा प्रभावकारी रूपमा वितरण गर्न सुन्दरीजल क्षेत्रमा हाल एक हजार ८०० मिलिमिटर व्यासको पाइप बिछ्याउने कार्य सुरु गरिएको छ ।

    पिआइडीबाट यो नेपालमा खानेपानी वितरणका लागि प्रयोग गरिने हालसम्मकै सबैभन्दा ठूलो व्यासको पाइप भएको उहाँले बताउनुभयो ।

    इन्जिनियर श्रेष्ठले भन्नुभयो, “हाल विभिन्न स्थानमा रिजर्भयर ट्याङ्की निर्माण, पाइपलाइन विस्तार तथा अन्य पूर्वाधार निर्माणका काम तीव्र गतिमा भइरहेका छन् । मेलम्चीको पानीलाई काठमाडौँ उपत्यकाका विभिन्न क्षेत्रमा प्रभावकारी रूपमा पु¥याउन निर्देशनालयले दिन तथा रात दुवै सिफ्टमा निर्माणको काम गरिरहेको छ ।”

    टोलीले गोकर्णेश्वरस्थित विकेन्द्रीकृत फोहरपानी प्रशोधन प्रणालीको समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा फोहोरपानी व्यवस्थापन, प्रशोधन प्रक्रियाको प्रभावकारिता तथा सञ्चालन अवस्थाबारे जानकारी लियो ।

    मेलम्ची खानेपानी आयोजनासँग सम्बन्धित यी संरचनाले काठमाडौँ उपत्यकाका नागरिकलाई सुरक्षित तथा दिगो खानेपानी सेवा उपलब्ध गराउनुका साथै वातावरणमैत्री सरसफाइ व्यवस्थापनलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

    अनुगमनका क्रममा आयोजना कार्यान्वयनमा देखिएका चुनौती, आगामी कार्ययोजना तथा सेवाको दिगोपनाबारे छलफल भएको थियो ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कृषि विश्वविद्यालयको स्थगित भर्ना कार्यक्रम असोज १५ र १६ गते हुने
    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    • प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.