सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कृषकलाई ‘चापकटर र काउम्याट’ प्रदान


  •    न्युजभित्तो/४ असार २०८३, बिहीबार १२:२१ 
  • सुरुङ्गा (झापा), ४ असार । बिर्तामोड नगरपालिकाले पशुपालन व्यवसायलाई थप व्यवस्थित, उत्पादनमुखी र आधुनिक बनाउने उद्देश्यले कृषकलाई सहुलियत दरमा कृषि सामग्री वितरण गरेको छ ।

    नगरपालिकाको ५० प्रतिशत लागत साझेदारी कार्यक्रमअन्तर्गत ३० जना कृषकलाई घाँस काट्ने चापकटर र ६५ जना कृषकलाई काउम्याट वितरण गरिएको छ । नगरप्रमुख पवित्रा महतारा र उपप्रमुख नगेन्द्रप्रसाद सङ्ग्रौलाले संयुक्त रूपमा कृषकलाई ती सामग्री हस्तान्तरण गर्नुभयो ।

    नगरपालिकाको पशुपन्छी तथा मत्स्य विकास शाखामार्फत सञ्चालन गरिएको उक्त कार्यक्रमले पशुपालन व्यवसायलाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    नगरप्रमुख प्रसाईले नगरपालिकाबाट सहुलियतमा प्राप्त सामग्रीको अधिकतम सदुपयोग गर्न कृषकहरूलाई आग्रह गर्नुभयो । उहाँले आधुनिक प्रविधि र उपकरणको प्रयोगले पशुपालन व्यवसायलाई सहज, उत्पादनशील र आम्दानीमुखी बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।

    पशुपन्छी तथा मत्स्य विकास शाखा प्रमुख सावित्रा दाहालका अनुसार चापकटर प्राप्त गर्न २५० तथा काउम्याटका लागि ९२ वटा निवेदन परेको थियो । उहाँका अनुसार प्राप्त निवेदनका आधारमा प्राविधिक टोलीले कृषकका गोठ, पशुधनको अवस्था, व्यवसायको प्रकृति तथा सामग्रीको आवश्यकतासम्बन्धी स्थलगत अनुगमन गरी निर्धारित मापदण्ड पूरा गरेका कृषकलाई ती सामग्री उपलब्ध गराइएको हो ।

    चापकटरले पशुका लागि घाँस तथा पराल काट्ने कार्यलाई छिटो, सहज र श्रम बचत हुने बनाउने तथा काउम्याटको प्रयोगले गोठलाई सफा र व्यवस्थित राख्न र पशुलाई स्वस्थ्य तुल्याइ दूध उत्पादनमा सकारात्मक प्रभाव पार्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

    नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई स्थानीय अर्थतन्त्रको महत्वपूर्ण आधारका रूपमा लिँदै कृषकको आयआर्जन वृद्धि गर्ने उद्देश्यले हरेक वर्ष यस्ता लागत साझेदारीका कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ ।

    आधुनिक कृषि प्रविधि र उपकरणमा कृषकको पहुँच विस्तार गरी उत्पादन वृद्धि, लागत न्यूनीकरण र व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्ने नीतिअन्तर्गत आगामी वर्षमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने नगरपालिकाले जनाएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    प्रतिनिधिका अन्तिम नामावली तयारी हुँदै
    निकुञ्ज घुम्न आउने आन्तरिक पर्यटक बढे
    मेलम्ची खानेपानी आयोजनाअन्तर्गत निर्माणाधीन संरचनाको अनुगमन
    • वन्यजन्तुको आक्रमणबाट नौ वर्षमा सत्र बालबालिकाको गयो ज्यान
    • भरतपुरका २९ विषयगत सहकारी संस्था खारेज
    • कृषकलाई ‘चापकटर र काउम्याट’ प्रदान
    • रुपन्देहीमा हराएका १०८ जनामध्ये ६१ जना फेला

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.