सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव


  •    न्युजभित्तो/७ असार २०८३, आईतवार १५:०५ 
  • काठमाडौँ, ७ असार । सरोकारवालाले समावेशी तथा सुरक्षित सरसफाइ सेवा विस्तारमा नीतिगत अस्पष्टता, इजाजतपत्र प्राप्तिको जटिल प्रक्रिया तथा फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव प्रमुख चुनौतीका रूपमा देखिएको बताएका छन् । 

    आज यहाँ आयोजित ‘समावेशी सरसफाइ र सञ्चारमाध्यमको भूमिका’ विषयक अन्तरक्रियामा निजी क्षेत्रका प्रतिनिधिहरूले मलमूत्र व्यवस्थापन क्षेत्रमा काम गर्न आवश्यक इजाजतपत्र प्राप्त गर्न कठिनाइ हुने, प्रशोधित वा सङ्कलित फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रहने तथा नीतिगत स्पष्टता नहुँदा सेवा विस्तारमा समस्या भइरहेको गुनासो गर्नुभयो । 

    खानेपानी तथा ढल व्यवस्थापन विभागका डा रजित ओझाले नेपाल तथा अन्तर्राष्ट्रिय अभ्यासबारे प्रस्तुति दिँदै सुरक्षित र समावेशी सरसफाइ सेवा प्रवद्र्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सरसफाइ सेवाको वर्तमान अवस्था, तथ्याङ्क, चुनौती तथा विभिन्न देशमा निजी क्षेत्रको सहभागितामार्फत हासिल भएका उपलब्धिबारे जानकारी गराउनुभएको थियो ।

    कार्यक्रमका सहभागीहरूले सुरक्षित तथा समावेशी सरसफाइ सेवा सुनिश्चित गर्न निजी क्षेत्रलाई सहजीकरण गर्ने नीतिगत व्यवस्था, लगानीमैत्री वातावरण तथा सञ्चारमाध्यममार्फत प्रभावकारी पैरवी आवश्यक बताएका थिए । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.