सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै


  •    न्युजभित्तो/७ असार २०८३, आईतवार १४:५७ 
  • अत्तरिया (कैलाली), ७ असार । कैलालीमा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमले किसानलाई नयाँ प्रविधिसँगै जोडेको छ ।

    जिल्लामा सञ्चालित ‘गहुँ सुपरजोन’, ‘तेलहन जोन’, ‘धान जोन’ र ‘माछा जोन’ कार्यक्रममा विभिन्न आधुनिक यन्त्र उपकरणमार्फत किसानलाई नयाँ प्रविधिसँगै जोड्दै लगेको हो ।

    परम्परागत खेतीलाई व्यावसायिक र यन्त्रमैत्री बनाउन चालु आवमा अनुदानमा विभिन्न किसिमका आधुनिक कृषि औजार कृषकहरुलाई वितरण गरिएको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइका प्रमुख सन्जु उपाध्याय रिमालले जानकारी दिनुभयो ।

    जानकी गाउँपालिका–४ मुनुवास्थित विज वृद्धि कृषि सहकारी संस्था लिमिटेडलाई ७५ प्रतिशत अनुदानमा चार पाङ्ग्रे धान रोप्ने यन्त्र प्रदान गरिएको जानकारी दिनुभयो । उक्त यन्त्रबाट १२ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सुरु भएको छ । धान रोप्ने यन्त्रले रोपाइँमा धेरै सहज हुन थालेको उक्त सहकारी संस्थाका अध्यक्ष विजयकुमार कठरियाले बताउनुभयो । उहाँले भन्नुभयो, “ धान रोप्ने कामदार पाउन समस्या छ । रोपाहारले धान रोप्दा महँगो पर्छ, समय पनि बढी लाग्छ । यन्त्रले काम छिटो हुन्छ, लागत पनि कम लाग्छ ।”

    त्यसैगरी, भजनी नगरपालिका–६ नवलपुरस्थित शुभकामना सामुदायिक कृषक समूहलाई चक्लाबन्दीमा चैतेधान कार्यक्रममा कृषि यान्त्रीकरणअन्तर्गत ५० प्रतिशत अनुदानमा तीन वटा पावर टिलर, आठ ओटा सिँचाइ मोटर, तीन वटा डिजल इन्जिन, एउटा रोटाभेटर, विषादी, डेलिभरी पाइपलगायतका सामान वितरण गरिएको कार्यालय प्रमुख रिमालले जानकारी दिनुभयो ।

    मासु निर्यातका लागि राँगा÷भैँसी प्रवद्र्धन कार्यक्रम, युवा लक्षित पशुपन्छी तथा उद्यमशीलता विकास कार्यक्रमअन्तर्गत विभिन्न क्रियाकलाप गरिएको पनि बताउनुभयो । एकाइको अनुदान सहयोगमा जिल्लामा भएका विभिन्न कार्यक्रमहरुको शनिबार जिल्ला समन्वय समिति कैलालीका प्रमुख टीकाकुमारी चौधरीको नेतृत्वमा सरोकार भएका अन्तरनिकाय संयुक्त अनुमन टोलीले अनुगमन गरेको थियो ।

    अनुगमनपछि प्रतिक्रिया दिँदै समन्वय समिति प्रमुख चौधरीले राष्ट्रिय कृषि आधुनिकीकरण परियोजनाले समयानुकुल यन्त्र औजार वितरण गरेर किसानलाई सहज बनाएको बताउनुभयो ।

    जिल्लामा गहुँ सुपरजोन आर्थिक वर्ष २०७३÷७४, तेलहन जोन आव २०७४÷७५, धान जोन आव २०७८÷७९ र माछा जोन आव २०८१÷८२ मा सुरु भएको थियो । एकाइले किसानलाई ५० प्रतिशत अनुदानमा बीउ, विषादी, यन्त्र उपकरणलगायत सामग्री वितरण गर्दै आएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    कांग्रेस राजनीतिसँगै व्यवसायमा सक्रिय जनप्रकाश अब महाधिवेशन प्रतिनिधिको प्रतिस्पर्धामा
    वर्षाका कारण चितवनका सबै विद्यालय बन्द
    प्रधानमन्त्रीको सम्बोधनबारे परराष्ट्रविद् ‘जलवायु–जोखिम र न्यायका विषय गहकिलो रुपमा विश्व मञ्चमा प्रस्तुत’
    • आगामी दुई दिन अझै पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने
    • हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    • पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    • गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.