banner news
काठमाडौँ, २९ जेठ । राष्ट्रियसभाको बैठकको शून्य समयमा सांसदहरूले मिटरब्याजी पीडितले न्याय पाउनेदेखि जनताले पूरै ग्यास सिलिन्डर पाउनुपर्ने जनसरोकारका विषय उठाउनुभएको छ । सांसद पूजा चौधरीले मिटरब्याजसम्बन्धी सबै मुद्दा यथाशीघ्र सुनुवाइ हुनुपर्ने बताउनुभएको छ । उहाँले मिटरब्याज पीडितको न्यायका लागि...
चितवन, २९ जेठ । डिभिजन वन कार्यालय, चितवनले राष्ट्रिय वन क्षेत्रमा रहेका पाँच वर्ष पुराना पाँच हजार २०० क्युबिक फिट सालका काठ व्यवस्थापनको काम सुरु गरेको छ । वन ऐन तेस्रो संशोधन, २०७९ ले सालका काठ पाँच वर्ष पुराना, सिसौ...
भोजपुर, २९ जेठ । यहाँको पर्यटकीय सम्भावना बोकेको सुन्तले क्षेत्रमा वर्षौँदेखि देखिँदै आएको खानेपानी समस्या समाधान गर्न लिफ्ट खानेपानी आयोजना सुरु गरिएको छ । बस्तीभन्दा करिब चार सय मिटर तल रहेको मुहानबाट पानी तानेर माथिल्लो बस्तीमा पुर्याउने लक्ष्यसहित यस...
कर्णाली, २९ जेठ । कर्णाली प्रदेशको प्रारम्भिक विपद्÷मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८३ को अनुमोदन गरिएको छ । कर्णाली प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, प्रतिबद्ध चरण–३ र सेभ द चिल्ड्रेनको सहकार्यमा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा कार्यशाला गोष्ठीमार्फत उक्त योजना अनुमोदन गरिएको...
काठमाडौँ, २९ जेठ । बालश्रमको विश्वव्यापी समस्या तथा यसको अन्त्यका लागि आवश्यक प्रयासबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न देशमा विविध कार्यक्रमका साथ विश्व बालश्रमविरुद्ध दिवस मनाइँदै छ । अन्तरराष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को आह्वानमा सन् २००२ देखि...
म्याग्दी, २९ जेठ । रघुगङ्गा गाउँपालिका–८ मङ्गलेखानीमा स्थानीय खेलप्रेमीले सहयोग जुटाएर खेलमैदान निर्माण गरेका छन् । मैदान निर्माणका निम्ति रघुगङ्गा गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १० लाख बजेट विनियोजन गरेकामा स्थानीयले रु ३४ लाखभन्दा बढी जुटाएका हुन् । श्रीकृष्ण युवा...
काठमाडौँ, २९ जेठ । फिफा विश्वकप फुटबल प्रतियोगिता-२०२६ अन्तर्गत समूह ‘ए’ को दोस्रो खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकलाई पराजित गरेको छ । मेक्सिकोको ग्वाडालजारा रङ्गशालामा आज भएको खेलमा दक्षिण कोरियाले चेक रिपब्लिकविरुद्ध २-१ गोलअन्तरको जित निकाल्दै प्रतियोगितामा सुखद सुरुआत गरेको...
फिक्कल (इलाम), २९ जेठ । चारैतिर हरियाली जङ्गल, शान्त वातावरण । बीचमा नौ वटा कुना भएको विशाल ‘माइपोखरी’ । पोखरी यति ठूलो छ कि एउटा कुनाबाट अर्को कुना देख्न सकिँदैन । इलामको सन्दकपुर गाउँपालिका–१ र ३ को सङ्गमस्थलमा रहेको धार्मिक...
मुग्लिन (चितवन), २९ जेठ । चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान कार्यक्रम सञ्चालन गरेको छ । वडा नं ४ का किसानलाई भैँसीपालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत अनुदानमा दुहुना भैँसी हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिनुभयो । बागमती...
तानसेन (पाल्पा), २९ जेठ । उन्नत जातका धान उत्पादनमा किसानहरुको आकर्षण बढेको छ । निमै, सिमटारी, राइमनुवा, अञ्जना, मन्सुली, थापाचिनी, चाइना, कालानमक, झिनुवा, कृष्णभोग, समुद्रफिनी, मन्सरा, लल्का बासमती, पोखरेली मसिनो अनदीजस्ता स्थानीय जातका धान लोप हुने क्रममा रहेका हुन् । बढी...

















