सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड


  •    न्युजभित्तो/१० असार २०८३, बुधबार १२:३४ 
  • काठमाडौँ, १० असार । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा विविध विविध कार्यक्रमका साथ मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घको महासभाले सन् २०२२ देखि प्रत्येक वर्ष जुन २४ लाई यो दिवसका रूपमा मनाउन प्रारम्भ गरेको हो ।

    उक्त विश्व संस्थाका अनुसार कूटनीतिमा महिलाहरू केवल अन्तरराष्ट्रिय मामिलाका सहभागी मात्र नभई शान्तिका निर्माता, समानताको पक्षधर तथा विश्वव्यापी सहकार्यको भविष्य निर्माण गर्ने नेतृत्वकर्ता हुन् । उनीहरूको आवाज, दृष्टिकोण र नेतृत्व आजको जटिल विश्व चुनौती समाधान गर्न तथा अझ समावेशी, न्यायपूर्ण र दिगो समाज निर्माणका लागि महिलालाई कूटनीतिमा स्थान दिन अपरिहार्य भएको छ ।

    अन्तरसम्बन्धित विश्वको मागअनुसार कूटनीति रूपान्तरण हुँदै गएको सन्दर्भमा निर्णय प्रक्रियाका सबै तहमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नु समानताको विषय मात्र नभई प्रभावकारी विश्व शासनका लागि आधारभूत आवश्यकता भएकोमा जोड दिइएको छ । बेइजिङ कार्ययोजना र दिगो विकास लक्ष्यहरूको प्रतिबद्धता कार्यान्वयनका लागि पनि यसलाई महत्वपूर्ण मानिएको छ ।

    महिलाहरू निर्णय लिने तहमा सहभागी हुँदा कूटनीति जनताको प्रतिनिधित्व अझ राम्रोसँग प्रतिबिम्बित हुने र दिगो शान्ति, दिगो विकास तथा मानव मर्यादालाई प्रवद्र्धन गर्न अझ सक्षम हुने राष्ट्रसङ्घले जनाएको छ ।

    विभिन्न कूटनीतिक नियोग, बहुपक्षीय संस्था तथा अन्तरराष्ट्रिय वार्तामा महिलाहरू संवाद, सहमति निर्माण, द्वन्द्व समाधान र अन्तरराष्ट्रिय सहकार्यमा निरन्तर महत्त्वपूर्ण योगदान दिँदै आएका छन् । उनीहरूको नेतृत्वले राष्ट्रिय प्राथमिकता र विश्वव्यापी चुनौतीबीच पुलको काम गर्दै मानव अधिकार, सुरक्षा र साझा समृद्धिलाई अघि बढाउन सहयोग पु¥याएको छ ।

    राष्ट्रसङ्घका अनुसार यस दिवसले शान्ति र प्रगतिका लागि विविध आवाज र अनुभवको समावेशीकरण आवश्यक रहेको सशक्त स्मरण गराउने बताइएको छ । साथै महिला कूटनीतिज्ञहरूको उपलब्धिको सम्मान गर्दै अवरोध हटाउने, अवसर विस्तार गर्ने र आगामी पुस्ताका महिलालाई अन्तरराष्ट्रिय मामिलामा नेतृत्व गर्न सक्षम बनाउने प्रयासलाई सुदृढ गर्न आह्वान गरिएको छ ।

    ऐतिहासिक रूपमा कूटनीतिक तथा अन्तरराष्ट्रिय निर्णय प्रक्रियाबाट महिलाहरू धेरै हदसम्म बाहिर राखिएको भए पनि समयक्रममा उनीहरूले अवरोध तोड्दै कूटनीतिक सेवा, अन्तरराष्ट्रिय सङ्गठन तथा शान्ति प्रक्रियामा आफ्नो उपस्थिति विस्तार गरेका छन् । यद्यपि, अझै पनि धेरै क्षेत्रमा महिलाको प्रतिनिधित्व न्यून रहेको र समान सहभागिता सुनिश्चित गर्न थप प्रयास आवश्यक रहेको उल्लेख गरिएको छ ।

    शान्ति निर्माण, मध्यस्थता र द्वन्द्व समाधानमा महिलाको अर्थपूर्ण सहभागिताले अझ समावेशी र दिगो परिणाम दिने बताइएको छ । लैङ्गिक समानता र महिला सशक्तीकरण दिगो विकास तथा समावेशी समाज निर्माणका लागि यो आधारभूत तत्व हो ।

    संयुक्त राष्ट्रसङ्घीय प्रणालीभित्र पनि स्थायी प्रतिनिधि तथा राजदूतका रूपमा महिलाको उपस्थिति कम रहेको र कूटनीतिक सेवाका उच्च तहमा उनीहरूको सहभागिता अझै कमजोर रहेको बताइएको छ । संरचनात्मक, संस्थागत र सांस्कृतिक अवरोधका कारण महिलाहरूको नेतृत्वमा पुग्ने बाटो अझै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै सबै पक्षलाई समान अवसर सुनिश्चित गर्न आग्रह गरिएको छ ।

    यसैबीच, संयुक्त राष्ट्रसङ्घका उपमहासचिव अमिना मोहम्मदले कूटनीतिमा महिलाको पूर्ण, समान र अर्थपूर्ण सहभागिता बिना प्रभावकारी विश्व शासन सम्भव नहुने बताउँदै महिलालाई निर्णय प्रक्रियामा अनिवार्य रूपमा समावेश गर्नुपर्नेमा जोड दिनुभएको छ । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    इच्छाकामनाले ल्यायो ६८ करोड ४२ लाखको बजेट
    रास्वपाको नयाँ नेतृत्व चयन आजदेखि, पहिलो चरणमा केन्द्रीय सदस्यको निर्वाचन
    प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान
    • रास्वपाको केन्द्रीय समितिमा प्रधानमन्त्री एवं वरिष्ठ नेता शाहका सचिवालयका तीन जनाको उम्मेदवारी
    • सिटी स्क्यान सेवा बिग्रिएपछि भरतपुर अस्पतालमा बिरामीलाई वैकल्पिक व्यवस्था
    • कूटनीतिमा महिला दिवसः विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड
    • रास्वपा केन्द्रीय सदस्यमा चार सय बढीको उम्मेद्वारी

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.