banner news

हात्तीको आक्रमणमा परी एक महिलाको मृत्यु
-न्युजभित्तो

सुरुङ्गा (झापा), ३१ जेठ । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विजय चौहानका अनुसार मेचीनगर नगरपालिका–४ निवासी ६२ वर्षीया पद्मा पौडेलको मृत्यु भएको हो । आज बिहान घरबाट बाहिर निस्कने...

एक्काइस किलो गाँजासहित एक जना पक्राउ
-न्युजभित्तो

सिरहा, ३१ जेठ । सुखीपुर नगरपालिका—८ स्थित सुखीपुर बजारबाट २१ किलो गाँजासहित एक जना पक्राउ परेका छन् ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रमेशबहादुर पालका अनुसार धनगढीमाई नगरपालिका—१४ का उमेशकुमार मगरलाई शनिबार पक्राउ गरिएको हो । लागूऔषध नियन्त्रण ब्यूरोबाट परिचालन भएको...

‘प्राज्ञिक अनुसन्धानले सुशासन र पारदर्शितामा सघाउँछ’
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । अनुसन्धान क्षेत्रका विज्ञहरूले प्राज्ञिक अनुसन्धानले देशको शैक्षिक विकासका अतिरिक्त मुलुकको बृहत्तर क्षेत्रको दिगो विकासका साथै सुशासन र पारदर्शीताको स्थापनामा समेत सहयोग पुर्‍याउने बताएका छन् । उनीहरुले वैज्ञानिक विधि अपनाएर गरिएका यस्ता अनुसन्धानहरुबाट प्राप्त निष्कर्ष एवं...

लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा आज प्रभातफेरी निकालिएको छ । कमलपोखरीस्थित लोकसेवा आयोगको केन्द्रीय कार्यालयबाट सुरु भएको प्रभातफेरी चारखाल, डिल्लीबजार, पुतलीसडक, हात्तीसार चोक हुँदै आयोगको कार्यालयमा पुगेर समापन भएको थियो । प्रभातफेरीको समापनमा आयोगका अध्यक्ष माधव...

राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः कांग्रेस सभापति थापा
-न्युजभित्तो

काठमाडौँ, ३१ जेठ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ  ।  काठमाडौँ महानगरपालिका वडा नं ८ ले सामाजिक सेवामा योगदान दिने व्यक्तित्वहरुलाई सम्मान गर्न  आयोजना गरेको कार्यक्रममा सभापति थापाले सम्मानित...

पानी नपर्दा धानको ब्याड राख्न ढिलाइ
-न्युजभित्तो

राँझा (बाँके), ३१ जेठ । जेठ महिनाको अन्त्य हुँदा पनि पर्याप्त पानी नपर्दा बाँकेमा धानको ब्याड राख्न ढिलाइ भएको छ । आकाशे पानीको भरमा धानखेती गर्दै आएका जिल्लाका अधिकांश किसानले धानको ब्याड राख्न नपाएको नेपालगञ्ज–१९ सुइयागाउँका किसान ललवा माहुतले...

फौजी कीराले मकै बाली नष्ट, भोजपुरवासी चिन्तामा
-न्युजभित्तो

भोजपुर, २९ जेठ । फौजी कीराले मकैबालीमा क्षति पुर्याएपछि भोजपुरका किसान चिन्तामा परेका छन् ।  विशेषगरी बेँसी क्षेत्रका बारीमा कीराको आक्रमण बढी देखिएको छ । फौजी कीराले पात, डाठ र गाभा नै खान थालेपछि बाली सखाप हुने अवस्थामा पुगेको पौवादुङमाका...

गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा सांसदहरूकोे जोड
-न्युजभित्तो

काठमाडौँ, २९ जेठ । सांसदहरूले गौतमबुद्ध र पोखरा अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा जोड दिनुभएको छ । अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उहाँहरूले अर्बौंको लगानीमा निर्मित विमानस्थलको उपयोग बढाउने कार्ययोजनाका साथ सम्बन्धित निकायहरू लाग्नुपर्ने सुझाव पनि दिनुभयो । समितिका केही सदस्यले...

सुनौलो इतिहास रहेको कन्या मन्दिरप्रति छात्राको आकर्षण
-न्युजभित्तो

काठमाडौँ, २९ जेठ । नेपालको पहिलो छात्रा विद्यालयका रुपमा परिचित ‘कन्या मन्दिर माध्यमिक विद्यालय’ले पछिल्ला दिनमा विद्यार्थीको चाप अत्यधिक बढेकाले पढ्न इच्छुक सबैलाई विद्यालयमा समेट्न कठिन हुने अवस्था सर्जना भएको जनाएको छ ।       विद्यालयका अनुसार राणा प्रधानमन्त्री पद्मशम्शेरको...

सरकारी अस्पतालमा बिरामीको भार
-न्युजभित्तो

चितवन, २९ जेठ । चितवनमा दुई सरकारी अस्पताल भरतपुर अस्पताल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बिरामीको भार बढेको छ । भरतपुरस्थित दुई मेडिकल कलेजजमा स्वास्थ्य बिमा कार्यक्रम हटेपछि उक्त दुई सरकारी अस्पतालमा बहिरङ्ग सेवा लिन आउने बिरामीको संख्या बढेको...