banner news
चितवन, २३ असार । जिल्लामा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो । जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा...
काठमाडौँ, २३ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सोमबारको तुलनामा सुन तोलामा रु एक हजार ४०० र चाँदी रु ३० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख...
काठमाडौँ, २३ असार । प्रधानमन्त्री वालेन्द्र शाहसँग आज एसियाली विकास बैंक (एडीबी) का अध्यक्ष मासातो कान्डाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज भएको सो भेटवार्तामा नेपालमा सुशासन प्रवर्द्धन, आर्थिक सुधार र पूर्वाधार निर्माणका क्षेत्रमा कुराकानी केन्द्रित...
काठमाडौँ, २३ असार । चालु आर्थिक वर्षको नौ महिनामा बागमती प्रदेशमा घरजग्गाको कारोबार ३३.०१ प्रतिशतले बृद्धि भएको छ । नेपाल राष्ट्र बैंकद्वारा सोमबार यहाँ जारी घरजग्गा कारोबारको प्रवृत्ति तथा वर्तमान स्थिति प्रतिवेदनमा बागमती प्रदेशमा घरजग्गाको राजीनामा कारोबारमा वृद्धि भएको...
महोत्तरी, २३ असार । भगवान् शिवको आराधना र उपासना गरी मनाइने साउन महिना नजिकिँदै जाँदा महोत्तरीको बर्दिबास–५ स्थित टुटेश्वरनाथ महादेव मन्दिरको सरसफाइ र सजाउने कार्य सुरु भएको छ । ‘मधेसको कैलाश’ भनिने मन्दिर वरपरका चुरेथुम्कामा रहेका रुखसमेत विभिन्न रङरोगन गरी...
काठमाडौँ, २३ असार । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर,...
काठमाडौँ, २३ असार । अविरल वर्षासँगै आएको पहिरोले जाजरकोट–डोल्पा सडक, रुकुम–घोराही सहिद मार्ग र भेरी करिडोर सडकखण्ड पूर्ण रुपमा बन्द भएका छन् । वर्षाका कारण पहिरो आउँदा जाजरकोटा जिल्लाको नलगाढ नगरपालिका–८ मलुवास्थित जाजरकोट–डोल्पा सडकखण्ड पूर्ण रुपमा बन्द भएको नेपाल प्रहरीका...
नवलपुर (नवलपरासी), २३ असार । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को बुलिङ्टार गाउँपालिकाका किसान विषादीरहित तरकारी उत्पादनमा जुटेका छन् । तरकारी तथा अन्नबालीमा विषादीबाट हुने क्षतिका बारेमा जानकारी पाएपश्चात् यहाँका किसान खेतबारीमा रासायनिक विषादीलाई निरुत्साहित गर्दै प्राङ्गारिक खेतीतर्फ अग्रसर भएका हुन् । बुलिङ्टार गाउँपालिका-१...
कञ्चनपुर, २३ असार । शुक्लाफाँटा नगरपालिकाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज आसपासका हात्ती प्रभावित क्षेत्रमा स्वचालित बत्ती जडानको काम सुरु गरिएको छ । निकुञ्जबाट बस्तीमा प्रवेश गर्ने जङ्गली हात्तीका कारण हुने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्ने उद्देश्यले सुदूरपश्चिम प्रदेशको संसदीय...
फिक्कल (इलाम), २३ असार । यहाँको माङसेबुङ गाउँपालिका–२ इभाङका किसान पृथीमान जवेगूले गत वर्ष ३० रोपनी क्षेत्रफलमा रैथाने बाली फापरको खेती गर्नुभयो । पछिल्लो समय लोपोन्मुख बन्दै गएको पोषणयुक्त खाद्यान्न फापरको व्यावसायिक खेती सुरु गर्नुभएका उहाँले पहिलो वर्षमै उत्साहजनक...


















