सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

प्राङ्गारिक उत्पादनलाई बजारीकरण गर्न बिक्री कक्ष


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १४:४१ 
  • चितवन, २३ असार । जिल्लामा उत्पादित प्राङ्गारिक कृषिजन्य उत्पादनको बजारीकरणका लागि बिक्री कक्ष स्थापना गरिएको छ । भरतपुर महानगरपालिका–७ मा जिल्ला प्राङ्गारिक सङ्घ चितवनको प्राङ्गारिक बिक्री कक्ष स्थापना गरिएको हो ।

    जिल्ला कृषि विकास कार्यालय चितवनको सहयोग र सङ्घको समन्वयमा रु २० लाखको लागतमा बिक्री केन्द्र स्थापना गरिएको हो । सङ्घका अध्यक्ष चन्द्रप्रसाद अधिकारीका अनुसार उत्पादनको सन्तुलन नमिल्दा बजारीकरणमा समस्या भएपछि आफ्नै बिक्री कक्ष स्थापना गरिएको छ । उहाँले भन्नुभयो, “कुन सिजनमा कुन वस्तु कुन किसानले उत्पादन गर्ने भन्ने विषयमासहज होस् भनेर बिक्री केन्द्र स्थापना गरिएको हो ।” प्राङ्गारिक खेती गर्ने किसानले यस कक्षमा ल्याएर सामाना बिक्री वितरण गर्न छोड्न सक्नेछन् । केन्द्र स्थापना भएपछि विचौलियाको समस्या कम हुने उहाँले बताउनुभयो ।

    अहिले जिल्लामा प्राङ्गारिक खेती गर्ने किसानको सङ्ख्या ३३ जना रहेको छ । उहाँले भन्नुभयो, “चालीस बिघा जग्गामा प्राङ्गारिक खेती हुँदैआएको छ ।” यस बिक्री कक्षमा प्राङ्गारिक कृषकले उत्पादन गरेको कृषिजन्यउपज दाल, चामल, फलफूल, तरकारी, दुग्धजन्य पदार्थ, जडीबुटी तथा पोसीलो खाद्यउपज बिक्री वितरण गरिने व्यवस्थापक राजकुमार तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँ सिजन अनुसारका तरकारी, फलफूल तथा अन्य सामग्री बिक्री वितरण हुनेछन् । उहाँले भन्नुभयो, “यस बिक्री केन्द्रले आम किसान र उपभोक्तालई प्रत्यक्ष फाइदा हुनेछ ।” कहिले किसानले बजार नपाउने र कहिले उपभोक्ताले प्राङ्गारिक वस्तु नपाउने समस्यालाई केन्द्रले समाधान गर्ने विश्वास लिइएको छ ।रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    ठमेलमा बढे भारतीय पर्यटक
    कृषितर्फको ५९ प्रतिशत बजेट रासायनिक मल आपूर्तिमा खर्च हुन्छ: कृषिमन्त्री चौधरी
    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी
    • आमाको दूध प्रतिस्थापन गर्ने कृत्रिम वस्तु बिक्रीमा निषेध
    • हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती
    • किसानलाई अनुदानमा कृषि उपकरण
    • गर्मी छल्न गाईखुरे झरनामा पर्यटकको भीड

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    कृष्ण गिरी


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.