सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

सात जिल्लामा बर्डफ्लु नियन्त्रण


  •    न्युजभित्तो/२३ असार २०८३, मंगलवार १२:३४ 
  • काठमाडौँ, २३ असार । झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्डफ्लु रोग नियन्त्रणमा आएको छ । 

    बर्डफ्लु सङ्क्रामक रोग हो । पन्छीजन्य यो रोग पछिल्लोपटक ११ जिल्लामा फैलिएको थियो । पशुसेवा विभागका अनुसार चार जिल्ला क्रमशः काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोकमा बर्डफ्लु नियन्त्रणमा आउन सकेको छैन ।  

    रोगलाई नियन्त्रण गर्न विभागले प्रविधिक टोली परिचालन गरी सङ्क्रमित क्षेत्रका सम्पूर्ण पन्छी, पन्छीजन्य पदार्थ तथा पन्छी उत्पादन सामग्री नष्ट गरी सुरक्षित व्यवस्थापन गरेको विभागका प्रवक्ता डा मुकुल उपाध्यायले जानकारी दिनुभयो ।

    रोग नियन्त्रणका क्रममा पशु क्वारेन्टाइन कार्यालयले उच्च सतर्कता अपनाएर गस्ती परिचालन गरी अवैध रुपमा पैठारी गरिएका पन्छी नष्ट गरिएको थियो । हाल रोग नियन्त्रणमा आएपश्चात् ओसारपसार खुकुलो बनाइएको विभागले जनाएको छ । 

    विभागका प्रवक्ता उपाध्यायका अनुसार बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको सङ्क्रामक रोग भएकाले रोग देखा परेको क्षेत्रमा सङ्घ, प्रदेश तथा स्थानीय तहको समन्वय र सहकार्यमा आवश्यक जनशक्ति परिचालन गरिएको जाकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.