banner news

वन संरक्षणसँगै आयआर्जनमा सघाउँदै मध्यवर्ती सामुदायिक वन
-न्युजभित्तो

कञ्चनपुर, २८ असार । शुक्लाफाँटा नगरपालिका–७ स्थित वातावरण मध्यवर्ती सामुदायिक वनले वन संरक्षणसँगै आयमूलक कार्यक्रमलाई प्राथमिकता दिँदै उपभोक्ताको आर्थिक अवस्था सुधार गर्न विभिन्न व्यावसायिक कार्यक्रम सञ्चालन गरेको छ । वन व्यवस्थापनले बाँस, फलफूल, बेसार खेती तथा लघुउद्यममार्फत वनले आम्दानी बढाउँदै...

वनफूलले सिँगारिएको ढोरपाटन
-न्युजभित्तो

ढोरपाटन (बागलुङ), २८ असार । समथर मैदानमा फूलेका थरिथरिका फूल । कतै राता, कतै पहेँला, गुलाबी त कतै बैजनी रङका फूलले यतिबेला यो ढोरपाटन उपत्यका चिटिक्क सिँगारिएको छ । चारैतिर अग्ला पहाडले घेरिएको उपत्यका बर्खायाममा निकै मनमोहक देखिन्छ ।...

मनसुन सक्रियः केही क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
-न्युजभित्तो

काठमाडौं, २८ असार । देशभर मनसुन वायुको प्रभाव कायम रहँदा आगामी दुई दिन केही प्रदेशका पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको भन्दै जल तथा मौसम पूर्वानुमान महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ । महाशाखाका अनुसार हाल...

उद्यमीदेखि प्रशिक्षकसम्मको यात्रा
-न्युजभित्तो

हेटौँडा (मकवानपुर), २८ असार । हेटौँडा–५ पिप्लेकी विष्णुकुमारी राईलाई १२ वर्षअघि समाजले एउटा सामान्य गृहिणीभन्दा बढी केही ठानेको थिएन । अहिले अवस्था फेरिएको छ । त्यही समाजले काठका सामग्री बनाउन, सीप सिकाउन र उद्यम सञ्चालनका लागि उहाँकै सहयोग खोज्छ...

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन
-न्युजभित्तो

धरान (सुनसरी), २८ असार । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ । विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको...

विद्यार्थीलाई ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्दै समता विद्यालय
-न्युजभित्तो

भोजपुर, २८ असार । विद्यार्थीहरूलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृतिसँग जोड्ने उद्देश्यले भोजपुरको समता स्कुलले सांस्कृतिक परम्परा संरक्षण तथा प्रवद्र्धनका लागि विशेष पहल थालेको छ ।  विद्यालयले विभिन्न कार्यक्रममार्फत विद्यार्थीहरूलाई स्थानीय कला, संस्कृति, परम्परा तथा जीवनशैलीबारे व्यावहारिक...

अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा
-न्युजभित्तो

काठमाडौँ, २८ असार । स्विटजरल्यान्डलाई ३–१ गोलले पराजित गर्दै साविक विजेता अर्जेन्टिना फिफा विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको कान्सास सिटी स्टेडियममा आज भएको खेलमा स्विट्जरल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । अर्जेन्टिनाका एलेक्सिस म्याक एलिस्टर, जुलियन...

सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
-न्युजभित्तो

काठमाडौँ, २८ असार । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको छ भने चाँदी रु ३५ ले घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुुन...

टेम्केमैयुङमा ‘एक घर, एक करेसाबारी’ कार्यक्रम
-न्युजभित्तो

भोजपुर, २६ असार । टेम्केमैयुङ गाउँपालिकाले ‘एक घर एक करेसाबारी’ कार्यक्रमअन्तर्गत यहाँका किसानलाई करिब रु ३८ लाख बराबरका पाइप तथा टनेल सामग्री ५० प्रतिशत अनुदानमा वितरण गरेको छ ।  कृषिलाई आधुनिक प्रविधिसँग जोड्ने उद्देश्यले व्यावसायिक तरकारीखेती गर्न पाइप तथा प्लास्टिक...

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण
-न्युजभित्तो

काठमाडौँ, २६ असार । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले समसामयिक विषयमा सदन र सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य गणेश नेपालीको निधनको छानबिनदेखि लिएर किसानलाई मलको व्यवस्थासम्मका विषयमा उनीहरूले सदन र सरकारको ध्यानाकर्षण गराएका हुन् । सांसद जोगकुमार बरबरिया यादवले...