सम्पर्क  |  हाम्रो बारेमा  |  मुख्य पृष्ठ  |      |    | 
    • राष्ट्रिय
    • राजनीति
    • समाज
    • चितवन सेरोफेरो
    • अर्थ / बाणिज्य
    • कला/साहित्य
    • खेलकुद
    • अन्तर्राष्ट्रिय
    • विचार / अन्तर्वार्ता

रामधुनीमा वार्षिक ३५ हजार बिरुवा उत्पादन


  •    न्युजभित्तो/२८ असार २०८३, आईतवार ११:४२ 
  • धरान (सुनसरी), २८ असार । सुनसरीको रामधुनी सबडिभिजन वन कार्यालयले प्रत्येक वर्ष विभिन्न प्रजातिका करिब ३५ हजार बढी वनजन्य, नगदे तथा बहुवर्षीय बिरुवा उत्पादन गरी निःशुल्क वितरण गर्दै आएको छ ।

    विसं २०७९ देखि सञ्चालनमा ल्याइएको नर्सरीमा उत्पादन गरिएका बिरुवाको माग बर्सेनि बढ्दै गएको कार्यालयले जनाएको छ । सबडिभिजन वन कार्यालय रामधुनीका वन सहायक काजी आचार्यका अनुसार नर्सरीमा खयर, ज्याकाराण्डा, बेल, सिसौ, अमला, अर्जुन, कागती, तेजपत्ता र अम्बकलगायत विभिन्न प्रजातिका बिरुवा उपलब्ध छन् । केही बिरुवा यस वर्ष उत्पादन गरिएका हुन् भने केही बहुवर्षीय बिरुवा अघिल्ला वर्षदेखि संरक्षण गर्दै आइएको उहाँले बताउनुभयो ।

    रामधुनी मन्दिर नजिकै कार्यालय रहेकाले दर्शनका लागि आउने भक्तजनले समेत यहाँबाट बिरुवा लैजाने गरेका छन् । भारतबाट आउने धार्मिक पर्यटकले पनि बिरुवा लैजाने गरेकाले रामधुनीमा उत्पादन भएका बिरुवा देशका विभिन्न जिल्ला तथा सीमापारसम्म पुग्ने गरेको वन सहायक आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार असार, साउन र भदौ महिनामा बिरुवाको माग बढी हुने गरेको छ । उत्पादित बिरुवा सर्वसाधारण, सामुदायिक वन तथा विभिन्न संस्थालाई आवश्यकताअनुसार वितरण गरिन्छ । वन क्षेत्रमा रोप्न उपयुक्त प्रजातिका बिरुवामात्र उत्पादन गर्ने अनुमति भएकाले कृषि प्रयोजनका बिरुवा उत्पादन नगरिएको उहाँले बताउनुभयो ।

    दुई–चारवटासम्म बिरुवा लैजान कुनै कागजात आवश्यक नपर्ने, संस्थागत रूपमा बिरुवा लिन चाहनेले भने सम्बन्धित वडाको सिफारिस अनिवार्य हुने तथा ५० वटाभन्दा बढी बिरुवा माग गर्नेले निवेदन, नागरिकताको प्रतिलिपि र जग्गाधनी प्रमाणपुर्जाको प्रतिलिपि पेस गर्नुपर्ने व्यवस्था रहेको वन सहायक आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नर्सरीको काम फागुनबाट सुरु गरिन्छ फागुनमा बीउ राखेपछि असारदेखि बिरुवा वितरण सुरु हुन्छ ।”

    नर्सरी व्यवस्थापनका लागि छुट्टै कर्मचारी खटाइएको छ । बिरुवाको संरक्षण र व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । उहाँले भन्नुभयो, बिरुवा नष्ट भए सम्बन्धित कर्मचारीले आर्थिक उत्तरदायित्वसमेत व्यहोर्नुपर्ने व्यवस्था रहेकाले नर्सरी व्यवस्थापनलाई संवेदनशील रूपमा लिइएको छ ।

    बिरुवा उत्पादन र वितरणसँगै कार्यालयले सामुदायिक वनलाई प्राविधिक सहयोग, छपान तथा कटान कार्यमा सहजीकरण गर्दै आएको छ । राष्ट्रिय वन क्षेत्रमा नियमित गस्ती तथा वन उपभोक्ता समूहका गतिविधिमा सहभागिता जनाउँदै आएको छ । केही दिनअघि सिंहवाहिनी सामुदायिक वनमा वृक्षरोपण कार्यक्रमसमेत सम्पन्न गरिएको वन सहायक आचार्यले जानकारी दिनुभयो । रासस

    तपाईको प्रतिक्रिया

    ताजा अपडेट

    हुण्डाईको नयाँ भेन्यू चितवनमा सार्वजनिक, सुरुवाती मूल्य ४८ लाख ९६ हजार रुपैयाँ
    पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित
    गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील
    • जलवायु सङ्कटको जोखिम नेपालका विपद्ले पुष्टि गरेको छः महासचिव गुटेरेस
    • विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
    • बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो
    • खगेरी खोलाको अस्तित्व नै सङ्कटमा

    हाम्रो बारेमा

    अध्यक्ष

    तिलक राम रिमाल

    सम्पादक

    सुजाता पोख्रेल  


    फेसबुकमा हामी

    News Vitto - न्यूजभित्तो

    सम्पर्क

      कृति मिडिया प्रा. लि. द्वारा सञ्चालित : न्यूज भित्तो  
       भरतपुर महानगरपालिका – १२, चितवन  

        ९८५५०३३२३६, ९८५५०८२५८५
      info@newsvitto.com, newsvitto@gmail.com
    सूचना तथा प्रसारण विभाग दर्ता नं: १३११/०७५/७६
    © Kriti Media Pvt.Ltd    |  All rights reserved. | Website By : WEBSOFTNEPAL Pvt.Ltd.